बीमा समितिका अध्यक्ष चापागाईं भन्छन्ः सरकारी संरचना बीमाको पहुँचमा आएनन्, सिँहदरबारबाटै बीमा गर्न सुुरु गरौं

  २०७६ चैत ३ गते १६:०२     नबिन पाेखरेल

काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईंले नेपाल सरकारले सिँहदरबारबाट नै बीमा सुरु गर्न आवश्यक रहेको बताएका छन् । बीमा कम्पनीहरुसँग जति पनि जोखिम बहन गर्ने क्षमता रहेको भन्दै उनले बीमाको पहुँच बढाउन सिँहदरवारबाटै बीमा गर्न आवश्यक रहेको बताएका हुन् ।

अध्यक्ष चापागाईंले नेपाली बीमा कम्पनीहरुमा राष्ट्रिय गौरवका आयोजनादेखि राजमार्ग सम्मको बीमा गर्ने क्षमता रहेको बताउँदै अब सिँहदरवारको पनि बीमा गर्न आवश्यक रहेको उनको भनाइ छ । ‘नेपाल सरकारले बीमाको सुरुवात सिँहदरबारका भवनहरुबाट गर्न जरुरी छ, सरकारले आवश्यक ठाउँमा बीमाको पहल गरेमा बीमा कम्पनीहरु जोखिम बहन गर्न सक्षम छन्,’ उनले भने ।

सिँहदरबारदेखि राजमार्गका बीमामा सबैभन्दा पहिले बीमाकोलागि माग आउन आवश्यक रहेको बीमा समितिको दाबी छ । हालसम्म कुनै किसीमका माग नआएका कारण सरकारी संरचना बीमाको पहुँचमा नसमेटीएको उनको भनाइ छ । यो समय बीमाको भएकोले यस्तो बेलामा गरिएका परिवर्तनले इतिहास रच्छन् र बीमाको दायरामा वृद्धी हुने उनको भनाइ छ । स्थानिय तहदेखि राष्ट्रिय स्तरमा बीमा बुझ्नेहरु बढ्दै गएको उनले बताए ।

यस्तै, चापागाईंले विगतमा कहिँकतैबाट बीमा क्षेत्रमा केही समस्या भएको भएपनि आगामी दिनमा त्यस्ता कुरालाई भुलेर अघि बढ्नु पर्ने बताए । जुनसुकै क्षेत्रको पनि बीमा गर्न बीमा कम्पनीहरु सक्षम रहेको उनको भनाइ छ । बीमा कम्पनीहरुले आफूले सक्ने किसिमका जोखिम धारण गर्छन् । तर, आफूले नसक्ने जोखिम पुनर्बीमा कम्पनीमा पठाउने हुँदा सबै बीमा कम्पनीहरु जोखिम धारण गर्न सक्षम हुन्छन् । ‘बीमा कम्पनीलाई पुनर्बीमा कम्पनीले बलियो बनाउन मद्धत गर्छ’, उनले भने ।

कुनैपनि बीमा योजना संचालनमा आउनु अघि बीमा कम्पनीलाई समितिले स्वीकृति दिनुपर्छ । समितिको स्वीकृती पश्चात बीमा कम्पनीहरुले बीमा योजना सार्वजनिक गर्छन् । उक्त बेलामा बीमा लेखमा उल्लेख गरिएको शर्त अनुसार बिमित र बीमक बिच सहकार्य हुन्छ ।

बीमा विश्वासको व्यवसाय भएकाले शर्त अनुसार बीमा लागू हुने गर्छ । बीमा शुल्क बुझाएपनि बीमालेखमा उल्लेख नभएको जोखिम बीमाले बहन नगर्ने कुरा बिमितले थाहा पाउनु आवश्यक हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.