एनआईसी एशिया बैंकका ग्राहकलाई हायात होटलमा १५प्रतिशत छुट

  २०७६ चैत ३ गते १५:५७     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौंस्थित हायात रिजेन्सी होटलका विभिन्न सेवामा १५ प्रतिशत छुट पाउने भएका छन् । उक्त छुट उपलब्ध गराउने गरी बैंक र होटलबीच समझदारी भएको छ ।

समझदारीपत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा होटलका महाप्रबन्धक राजेश रामदासले हस्ताक्षर गरेका हुन् । यस योजना एक वर्षको लागि लागू हुने छ ।

समझदारी अनुसार यस बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले होटलको फूड, बेभरेज, स्पा तथा लाउण्ड्री सेवाहरू प्रयोग गरे वापत रकम भुक्तानी गर्दा कारोबार रकमको १५ प्रतिशत सम्म छुट पाउने छन् ।

साथै, यस बैंकका कर्मचारीहरूलाई पनि सो योजना अनुसारको छुट उपलब्ध हुनेछ । यसैगरी ग्राहक महानुभावहरूले देशभरका २,४०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन् ।

यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४५४ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६० वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.