कोरोनाको आशंका वैदेशिक रोजगारबाट फर्किएका युवक अस्पतालमा भर्ना

  २०७६ चैत ३ गते १५:२१     विकासन्युज

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमण भएको आशंकामा वैदेशिक रोजगारीबाट फर्किएका एक युवालाई अस्पताल भर्ना गरिएको छ ।

धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका रमदैयाका एक युवालाई जानकी मेडिकल शिक्षण अस्पतालमा भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ ।

वैदेशिक रोजगारीको क्रममा मलेसियाबाट फर्किएका युवकमा अत्याधिक ज्वरो तथा रुघाखोकी लागेसँगै कोरोनाको आशंकामा अस्पताल भर्ना गरिएको हो ।
नाम नखुलाइएका ति युवक केही समयअघि त्रिभुवन विमानस्थल हुँदै आएको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.