टिच फर नेपाललाई एभरेष्ट बैंककाे आर्थिक सहयोग

  २०७६ चैत ३ गते १३:४७     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले  टीच फर नेपाललाई  आर्थिक सहयोग गरेकाे छ । देशका विपन्न वर्गलाई शिक्षा प्रदान गर्न  बैंकले  टीच फर नेपाललाई सात लाखकाे चेक हस्तान्तरण गरेको हाे ।

टिच फर नेपाल उत्कृष्ट विश्वविद्यालय स्नातकहरू र युवा पेशेवरहरूको एक पहल हो जुन नेपालमा शिक्षा असमानता अन्त्य गर्न प्रतिबद्ध छन् जसले सार्वजनिक विद्यालयहरूमा दुई वर्षको फेलोशिप शिक्षणको साथ सुरू गर्दै आइरहेको छ ।

सीएसआर गतिविधिहरूको एक भागको रूपमा रहेको यस बैंकले नेपालका विभिन्न सरकारी र सार्वजनिक विद्यालयहरूमा शिक्षा, सरसफाई र खानेपानीलाई सहयोग गरिरहेको छ ।

हालसम्म बैंकको ९५ शाखाहरु, ३१ राज्वस्व सङ्गकलन काउन्टरहरु र १०३ स्थानमा एटिएम रहेका छन् । आफ्नोे फराकिलो विश्वव्यापी नेटवर्क र घरेलु नेटवर्क मार्फत एभरेष्ट बैंकले पेशेवर दक्ष बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.