जीवन बीमा किन गर्ने ? सूर्या लाईफका एजीएम माधव प्रसाद शर्माको टिप्स

  २०७६ चैत ३ गते १३:०४     विकासन्युज

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीका एसिस्टेन्ट जेनेरल म्यानेजर (एजीएम) माधवप्रसाद शर्माले पछिल्लो समय जीवन बीमा अपरिहार्य बन्दै गएको बताएका छन् ।

एजिएम शर्माले बीमाको अन्र्तराष्ट्रिय महत्व हुने भएकाले यसका बारेमा सबैले जानकारी दिन आवश्यक रहेको उनको भनाइ छ ।

सामान्यतः जीवन बीमालाई मृत्यूपछि भुक्तानी पाइने साधन भनेर हेला गर्ने गरिएको पनि छ । तर, बीमाले मृत्यूपछि र मृत्यूअघि पनि आर्थिक सहयोग गर्ने विज्ञले बताएका छन् ।

शर्माका टिप्स

– जीवन अनिश्चित भएकाले बीमा गर्नुपर्छ ।

– परिवारको मुख्य सदस्यले बीमा गरेमा आश्रित परिवारलाई आर्थिक सहजता हुन्छ ।

– मृत व्यक्तिलाई बीमाले जीवित बनाउँने त होइन तर जीवित रहेकालाई आर्थिक संकट पर्दा बीमाले अवश्य सहयोग गर्छ ।

– जसलाई जुन बीमाको आवश्यकता छ सोही अनुसार बीमा पोलिसी खरिद गर्नु पर्छ ।

– बीमा गरेर कोही पनि घाटामा जादैन ।

– कुनैपनि व्यक्तिले बीमा गरेर मृत्यु भएमा अन्य सदस्यले तथा बाँचेमा ऊ आफैले लाभ उठाउन सक्छ ।

– बीमाको विषयमा आफैले वास्तविकता जान्नु अपरिहार्य कुरा हो ।

– बीमा भनेको नाफा घाटाको मात्र व्यवसाय होइन्, यो व्यवसाय सेवामा पनि जोडिन्छ ।

– अभिकर्ताको व्यक्तिगत विश्वासभन्दा बीमाको अन्र्तराष्ट्रिय महत्व बुझेर बीमा गर्नु आवश्य हुन्छ ।

– बीमा गर्नुपूर्व प्रिमियम तथा प्रोडक्टको बारेमा राम्रो जानकारी लिनु पर्छ ।

– बीमाको सिद्धान्त भनेकै सुरक्षित रहनुपर्छ भन्ने हो, जोखिमले धेरै असर नपारोस भन्ने पनि हो । सोही कारण मुख्य कुरा भनेको व्यक्तिले बीमा गर्नुपर्छ भनेर थाहाँ पाउँनु हो ।

– अनावश्यक खर्चहरु कटौती गर्दापनि बीमा गर्नलाई थप सहज हुन्छ ।

– एकदिन सबैको मृत्यु हुने कुरा निश्चित भएकाले बीमा गर्दा त्यस्तो विपतमा आवश्यक राहत मिल्ने गर्छ ।

– बीमा भनेको विश्वास बेच्ने कुरा हो, सोही कारण आफ्नै आत्मविश्वासको आधारमा बीमा गर्दा उत्तम हुन्छ ।

– जीवन बीमा भनेको बिमितको हितका लागि नै तयार पारिएको एक विज्ञान हो ।

– जीवन बीमा गर्नु र नगर्नुको फरक हामीले बीमा गरेका तथा नगरेका २ व्यक्तिबीच हेरेमा आफै छर्लङ्ग हुन सकिन्छ ।

– बीमा प्राविधिक विषय भएकाले जति बुझ्दै गयो त्यती नै मजा आउँने क्षेत्र पनि हो ।

– बीमा व्यवसाय नेपालमा मात्र होइन, वैदेशिक रुपमा नै गरिने व्यवसाय हो ।

– बीमा आफैमा गलत वा हानी गर्ने क्षेत्र होइन, यदि कसै कुनै मानेमा केही असहजता छन् भने त्यसको कारण पत्ता लगाएर समाधान गर्न सकिन्छ ।

– बीमा बुझ्दा शैक्षिक लाभ मिल्छ भने बीमा गर्दा आर्थिक लाभ मिल्ने गर्छ ।

– एक पटक बीमा गरिसकेका बिमितले फेरि अर्को साथीलाई बीमा गर्न अनुरोध गर्छन् । यसलाई कम्पनीको मेहनत, बीमाको महत्व तथा बिमितको विश्वासको रुपमा हेर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.