अमेरिकाले गर्याे डाइभर्सिटी र गैरआप्रवासी भिसा अप्वइन्टमेन्ट रद्द

  २०७६ चैत ३ गते ११:४७     विकासन्युज

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा र गैर आप्रवासी भिसा अप्वइन्टमेन्ट रद्द गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिएसँगै दूतावासले मंगलबारबाट भिसा रद्द गर्ने निर्णय गरेको हो ।

दूतावासका अनुसार यस अघि बुझाएको एमआरभी शुल्क मान्यता रहेको भन्दै एक वर्षभित्र जहाँ खरिद गरिएको हो, सोही मुलुकको भिसा आवेदनका लागि प्रयोग हुने जानकारी दिए ।

आगामी दिनमा केहि समस्या पर्दा तत्काल दूतावासमा सम्पर्क गर्न र दूतावासले तोकेको मापदण्डअनुसार आपतकालिन अप्वइन्टमेन्ट लागि प्रक्रिया अघि बढाउन दूतावासले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.