कोरोनाकाे प्रकोप फैलिन नदिन घरमै बसेर काम गर्न सकिने, राकुटेन भाइबरले ल्यायो यस्तो सुविधा

  २०७६ चैत २ गते १९:३२     विकासन्युज

काठमाडाैं । राकुटेन भाइबरले नेपालमा कोरोना भाइरसको जागरणका लागि एकपटकमा १० जनालाई सामूहिक कल गर्न मिल्ने गरी संख्या दोब्बर बनाएको छ ।

विश्वमा बढ्दो कोभिड १९ को त्राससँगसँगै अनगिन्ती मानिसहरुमा यसको जोखिम देखा परेपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । सरकारी संघसंस्थाहरु, स्वास्थ्य मन्त्रालयहरुले यो भाइरसको प्रकोप फैलिन नदिन विभिन्न कम्पनीहरुलाई उनीहरुका कर्मचारीहरुलाई घरमै बसेर काम गर्ने वातावरण प्रदान गर्न आग्रह गरिरहेका छन् र धेरैले यसलाई पालना पनि गरेका छन् ।

वास्तवमा घरबाट काम गर्नु त्यति व्यवहारिक विकल्प कहिले भएको थिएन । मानिसहरुले टाढैबाट आफूलाई सुरक्षित राखेर पहिले जस्तै अझ उत्पादनशील ढँगमा उनीहरुको कम्प्युटरहरु र स्मार्टफोनहरुसँग काम गर्न सक्दछन् । भाइबर जस्तो एपको साथमा तपाईंले घरबाट नै अझ अधिक दक्षतापूर्ण एवं समयनिष्ठ तवरमा तत्कालको लागि काम सम्पादन गर्न सक्नु हुन्छ । यहाँ लोकप्रिय मैसेजिँग एपका केही त्यस्ता सरल उपायहरु छन् जसको सहायताबाट कोभिड १९ को प्रकोपबीच पनि आफ्नो जिम्मेवारी पूरा गर्न सकिन्छ ।

सामूहिक कल मार्फत् मिटिङ्ग गनेुहोस्ः कोभिड १९ ठूलो समूहमा सजिलै फैलिन सक्ने भएकोले छलफल सत्रहरुलाई प्रतिबन्ध गरि भ्वाइस कलहरुमा परिणत गर्नु उत्तम छ । मिटिङ्गहरुबाट हुन सक्ने जोखिमबाट पार पाउन सामूहिक कल एक उत्कृष्ट उपाय हो । भाइबरले कोभिड १९ का बावजुद; सम्पर्कमा रहिरहन मद्दत पुगोस् भनेर भर्खरैमात्र सामूहिक कलहरुमा सहभागी बन्न सक्ने व्यक्तिहरुको संख्या दोब्बर बनाएको छ । अब, भाइबर सामूहिक कलले एकपटकमा १० जनासम्मलाई समेट्न सक्छ- जुन अत्यन्त महत्वपूर्ण मिटिङ्गको लागि पनि पर्याप्त हुन्छ ।

‘हामी अहिलेको चुनौतिपूर्ण अवस्थालाई मध्यनजरमा राख्दै एकै स्थानमा सशरीर उपस्थित नभइकन पनि एक अर्कासँग सम्पर्कमा रहनका लागि विविध उपायहरुको खोजी गर्न प्रतिबद्ध छौं । कोरोना भाइरसको विस्तारको सन्दर्भमा आमजनले सावधानी अपनाएर काम गरेसँगै, हामी यो सुनिश्चित गर्न चाहान्छौँ कि, मानिसहरुले आफन्तहरुसँग बिना टाढा रहि सुरक्षित प्रविद्तिमा सम्पर्कमा रहिरहुन् र आफ्नो कामलाई पनि निरन्तरता दिन सक्षम रहुन् ।’ राकुटेन भाइबरका प्रमुख संचालन अधिकारी ओफिर ऐयालले भने।

ठूला फाइलहरु पठाउनेः भाइबरले फाइलहरु सजिलै आदान प्रदान गर्नसहायता गर्दछ, यसैले तपाईंले आफ्ना सहकर्मीहरु र व्यवसायिक साझेदारहरुलाई महत्वपूर्ण कागजातहरु र प्रस्तुतीकरणहरु छिटो प्रेषित गर्न सक्नु हुनेछ । २०० एमबिसम्मको फाइल एप भित्र सिधै आदानप्रदान गर्न सकिन्छ । ठूला फाइलहरुको लागि पनि तपाईंले आफ्नो भाइबर च्याटमा क्लाउड सर्भिसको लिन्क सेयर गर्न सकिन्छ ।

डेस्कटपमा आरामले काम गर्नुहोस्ः भाइबरको डेस्कटप भर्सनद्वारा तपाईंले घरैबाट आफ्ना सहकर्मी र क्लाइन्टहरुसँग च्याट गर्न, भेट गर्न र कल गर्र्न सकिन्छ । यसमा राम्रो स्क्रिन शेयरिङको विशेषता पनि छ, जसले तपाईं आफ्नो कम्प्युटरमा जारी रहेको कार्यलाई सजिलै सेयर गर्न मद्दत गर्दछ; यसका साथै सँगै भिडियो हेर्न तथा मन परेको वर्क एपको सजिलो पाठ प्रदान गर्न यो अत्यन्त उपयोगी छ ।

भाइबरको सुविधाजनक विशेषताहरुका साथ अहिले पनि कारोबार पहिले जसरी नै सुचारु भैरहेको छ चाहे प्रत्येक जनाले घरबाटै काम गरिरहेको किन नहोस् ।

राकुटेन भाइबरको बारेमा

राकुटेन भाइबरले मानिसहरु बिचको भौगोलिक तथा भावनात्मक दुरी हटाउन मद्दत गर्छ । हाम्रो विश्वव्यापी प्रयोगकर्ताले यी विशेषताहरु जस्तैः वान अन वान च्याट गर्ने, भिडियो कल गर्ने, ग्रुप म्यासेज गर्ने, तथा आफ्नो प्रिय ब्राण्डहरु र सेलिब्रेटीहरुका साथमा छलफल र तिनको जानकारी राख्ने लगायतमा आफ्नो पहुँच राख्दछन् । हामी हाम्रा प्रयोगकर्ताहरुलाई यो सुनिश्चित् गर्दछौं कि उनीहरुले आफ्नो भावना सुरक्षित एवं स्वतन्त्र वातावरणबीच साटासाट गर्न सक्दछन् ।

राकुटेन भाइबर राकुटेन इन्कर्पोरेटको एक हिस्सा हो, जुन विश्वव्यापी रुपमा इ-कमर्स तथा वित्तीय सेवाहरुमा अग्रणी रहेको छ । भाइबर एफसि बार्सिलोनाको आधिकारिक सञ्चार माध्यम हो भनें गोल्डेन स्टेट वारियर्सको आधिकारिक तत्काल मैसेजिङ्ग र कलिङ्ग एप पनि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.