सिभिल र विवेक अटोमोवाईल्सबीच व्यवसायीक सम्झौता, तीन पाङ्ग्रे सवारी ६.९८ प्रतिशत व्याजमा

  २०७६ चैत २ गते १८:००     विकासन्युज

काठमाडौं । सिभिल बैंक र विवेक अटोमोवाईल्सबिच व्यबसायीक सहकार्य सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा विवेक अटोमोवाईल्स्का तर्फबाट अध्यक्ष विवेक दुगडले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौतापत्र अनुसार विवेक अटोमोवाईल्स्बाट पियाजियो ब्राण्डका तीन पाङ्ग्रे सवारी खरिद गर्न महिला ग्राहकहरुलाई विवेक अटोमोवाईल्स्को सिफारिसमा सिभिल बैंकले ७० प्रतिशतसम्म ४ वर्षेकर्जा सुबिधा प्रदान गर्ने छ ।
सो कर्जा नेपाल राष्ट्र बैंकद्वाराजारी ६ प्रतिशत व्याज अनुदान कार्यक्रम अन्तर्गत महिलाहरुद्वारा संचालित व्यवसायिक फर्महरुलाई प्रदान गरिने छ । सो अनुदान पछि वार्षिक व्याजदर६.९८ प्रतिशत मा सो कर्जा सुबिधा प्रदान गरिने छ ।

बैंकले हालसम्म ४ लाख ३० हजारभन्दा बढी ग्राहकहरु रहेको करीव ५४ अर्व रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी करीव ५२ अर्व रुपैयाँ कर्जा लगानी गरेका छ भने सिभिल बैंकको १ सय १२ वटै शाखाहरु मार्फत सो कर्जा सुविधा प्रदान गरिने पनि बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.