राष्ट्रिय बीमा संस्थान शाखाहरूको अर्धवार्षिक गोष्ठी सम्पन्न

  २०७६ चैत २ गते १५:४३     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालयको आयोजनामा शनिबार शाखा कार्यालयहरुको अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । उक्त गोष्ठीको उद्घाटन सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलले गरे भने सञ्चालन  संस्थानका सह व्यवस्थापक शुलक्षणा पण्डितले गरेका हुन् ।

गोष्ठीमा नायव महाप्रवन्धक महेश रिमालले  संस्थानको उपलब्धी र भावी रणनीतिबारे प्रकाश पारे भने शाखा कार्यालयका प्रवन्धकहरुले आ–आफ्नो शाखाको बर्तमान स्थिति र भावी कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

समापन मन्तव्यको क्रममा संस्थानका प्रशासक कविप्रसाद पाठकले शाखा कार्यालयका प्रवन्धकहरुले उठाएका समस्याहरुको सम्भव भएसम्म समाधान गर्दै जाने र प्रवन्धकहरुले पनि संस्थानको व्यवसायिक योजनाले निर्दिष्ट गरेका लक्ष्य हासिल गर्न अझ बढी मेहनत गर्नुपर्ने सुझाव दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.