अब सातै प्रदेशमा पर्यटकीय सूचना केन्द्र बनाइने

  २०७६ चैत २ गते १४:०१     विकासन्युज

काठमाडाैं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले अब सातवटै प्रदेशमा पर्यटकीय सूचना केन्द्र बनाउने बताएका छन् । आइतबार सातै प्रदेशका पर्यटन मन्त्रालयका सचिव र स्थानिय जनप्रतिनिधीहरुसँग देशको पर्यटन क्षेत्र र  पर्यटन विकासको अवधारणाका बारेमा छलफल गर्दै उनले सो कूरा बताएका हुन् ।

उनले सातवटै प्रदेशमा आउने पर्यटकले  सुचना  केन्द्रबाट सूचना लिन सक्ने बताए । उक्त सूचना केन्द्रबाट पर्यटकहरु गाडी राख्न  सक्ने गरी सूचना केन्द्र निर्माण गर्ने तयारी भइरहेको उनले बताए ।

अब  हामीले सय गन्तब्यमा छनोट भएका तर कुनै प्रगति नभएका पर्यटकीय गन्तव्यहरुलाई यथावथ राख्ने  उनकाे भनाइ छ। हामी हिल स्टेशनको अवधारणामा जान्छाैँ, क्यासिनो निर्माण गर्छाै‌, पर्यटकलाई लिने राजश्वको पनि एकिन कार्यविधि बनाएर अघि बढ्छाै‌,’ उनले भने ।

लगानी र नाफामा पनि साझेदारी गरी अगाडि बढ्ने तयारीमा रहेकाे बताउँदै उनले वायुसेवा निगमसँग साझेदारी गरी प्रदेश सरकार आफैले जहाज किन्न सक्ने बताएका छन् । साथै, संघीय सरकारले अन्तर्राष्ट्रिय  र आन्तरिक पर्यटन प्रवर्द्दनमा प्रदेश सरकार लाग्नु पर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.