चालक रिहाइकाे माग गर्दै नुवाकोटमा यातायात अवरुद्ध

  २०७६ चैत १ गते १२:३६     विकासन्युज

काठमाडौं । तीन सवारी साधनका चालकलाई नियन्त्रणमा लिइ मुद्दा चलाएको विरोधमा नुवाकोटमा सञ्चालित अधिकांश यातायात समिति र व्यावसायीले सेवा अवरुद्ध बनाएका छन् ।

काठमाडौंस्थित महानगरीय प्रहरी वृत्त बालाजुले ती सवारी चालकलाई मुद्दा चलाएको जनाइएको छ । गत फागनु २८ गते अपराह्न माछापोखरीमा बस पार्किङ गर्ने क्रममा प्रहरीसँग भएको विवादको विषयलाई लिएर पक्राउ परेका ती चालकलाई प्रहरीले सार्वजनिक कसूरको अभियोगमा मुद्दा चलाएपछि व्यावसायीले बिहानैदेखि सेवा अवरुद्ध बनाएका हुन् ।

पक्राउ पर्नेमा बा४ख ८४३५ नंका ईश्वर बोगटी, बा३ख ९०६६ का रामशरण श्रेष्ठ र बा५ख ८२१० का समिर लामा रहेका छन् । उनीहरुमाथि ‘झुठा मुद्दा’ लगाएको भन्दै यसको विरोधमा यातायात सेवा प्रभावित बनाएको व्यावसायीले बताएका छन् । सेवा अवरुद्ध गरिएपछि काठमाडौँबाट आउने सवारी साधान प्रभावित भएका छन् भने यहाँबाट भने काठमाडौं जान लागेका गाडी यात्रु लिएर त्यसतर्फ गएका छन् । अकस्मात गरिएको यातायात सेवा अवरुद्धले यात्रु समस्यामा परेका छन् ।

काठमाडौं–केरुङ यातायात प्रालिका नुवाकोट–रसुवा इञ्चार्ज रामराजा बोगटीले चालकलाई तत्कालै रिहा गर्न माग गरिरहेको छन् । माछापोखरीमा आफ्ना गाडी सडकमै राखेर चालक रिहाइका लागि विरोध प्रदर्शन र दबाब दिइरहेको बेलकोटगढी नगरपालिका–४ का यातायात व्यावसायी सागर चालिसेले जानकारी दिए। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.