बुद्ध एयरले शनिबारदेखि बनारस उडान बन्द गर्ने

  २०७६ फागुन ३० गते १४:०९     विकासन्युज

Photo: THT/ File

काठमाडौं । बुद्ध एयरले काठमाडौंबाट भारतको बनारसमा गरिरहेको उडान बन्द गर्ने भएको छ । शनिबारदेखि ३० अप्रिलसम्म बुद्धको बनारस उडान बन्द हुने कम्पनीले जनाएको छ । विश्वभर कोरोना भाइरसको संक्रमण बढी रहेको बेला बुद्दले यस्तो निर्णय गरेको हो ।

भारत सरकारले विदेशी नागरिकको हकमा १४ मार्चदेखि अप्रिल ३० सम्म भिसा रद्द गर्ने निर्णय गरेको छ । बुद्धले यसै अवधिमा बनारस उडान बन्द गर्ने निर्णय लिएको छ । यस रुटमा टिकट काटिसकेका व्यक्तिले टिकट सार्न वा फिर्ता गर्न सक्ने कम्पनीले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.