आज विश्व सुत्ने दिवस, यस्ता छन् सुत्नुको फाईदा

  २०७६ फागुन ३० गते २०:२७     विकासन्युज

काठमाडौं । आज विश्व सुत्ने दिवस निन्द्राको महत्वको बारेमा कुरा गर्नलाई विश्वभर हरेक वर्ष विश्व सुत्ने दिवस मनाईन्छ । यो दिनको आयोजना वर्ल्ड सिल्प डे सोसाईटीको कमिटीले गर्न गरेको छ । यो वार्षिक कार्यक्रम स्प्रिङ्ग भर्नल ईक्युनोक्स आउनु भन्दा अगाडिको शुक्रबार मनाईन्छ ।

हाम्रो जीवनको सबैभन्दा महत्वपुर्ण गतिविधि मध्ये पनि निन्द्रा पनि एक हो । एक सामान्य मानिस दैनिक ७ देखि ८ घण्टा सुत्नुपर्दछ तर हामी धेरै जसो व्यस्त तालिकाको कारण एकदमै कम समय सुतिरहेका हुन्छौं ।

आसिन जीवनशैलीसँगै जोडिएको हाम्रो कामको प्रेसरले हामीलाई लामो समयसम्म जगाउने गर्दछ । तर निन्द्रा निकै नै महत्वपुर्ण छ । के तपाइलाई थाहा छ कि सामान्यत एक मानिसले औसतमा एक तिहाई समय सुतेर बिताउँछ ? यद्यपी यो उमेर अनुसार फरक पर्न सक्दछ ।

यदि तपाईलाई बिहान आफ्नो ओच्छ्यानबाट उठ्न गाह्रो हुन्छ भने यसलाई डाईसानिया भनिन्छ । यो बढी थकानको कारण हुने गर्दछ । निन्द्रा हाम्रो शारिरक स्वास्थ्य र भावनात्मक सुस्वास्थयको लागि निकै नै महत्वपुर्ण छ ।

१. पर्याप्त निन्द्राले तनाव कम गर्दछ

यदि तपाइको शरीरले पर्याप्त निन्द्रा प्राप्त गरेन भने यसले तनाव वृद्धि गराउँदछ जुन आजका धेरै मानिसहरुमा जिवनशैलीमा परेका प्रभाव हो । हरेकादिन गहिरो र पर्याप्त निन्द«ाले मात्र यसबाट बच्न मद्धत गर्दछ ।

२. पर्याप्त निन्द्राले तपाईको स्मरण शक्ति बढाउँदछ

के तपाइले कहिले याद गर्नुभएको छ जब तपाई धेरै थकित हुनुहुन्छ तपाईलाई केही पनि कुरा सम्झनको लागि गाह्रो पर्दछ । साधरणतय यो तपाईको दिमागले तपाइलाई निन्द्रा पुगेन भनेर भनेको हो ।

जब तपाई पर्याप्त र राम्रोसँग सुत्नुहुन्छ, तपाइको शरीर आराम अवस्थामा भएपनि तपाईको दिमाग कुराहरुलाई भण्डारण र संगठित गर्दछ ।

त्यसैले पर्याप्त र राम्रो निन्द्राले तपाइलाई कुराहरु प्रकृयावद्ध रुपमा समझन मद्धत गर्दछ ।

३. शरीरको तौल सन्तुलन राख्दछ

निन्द्राले तपाईलाई तौललाई प्रत्यक्ष रुपमा घटाउँदैन तर यसले तपाईको शरीरको हर्मानलाई नियमन गर्दै तपाईको भोकलाई कम गर्न मद्धत गनुको साथै धेरै क्यालोरी युक्त खाना प्रतिको तपाईको मोह कम गर्दछ ।

४. पर्याप्त छालामा चमक ल्याउँछ

तपाई मान्नस् वा नमान्नुस् तर पर्याप्त निन्द्राले तपाईको छालामा चमक ल्याउन मद्धत गर्दछ । जब तपाई सुत्न जानुहुन्छ तब तपाईको छाला मर्मत भई भोलीको दिनको लागि तयार हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.