नेपाल पुनर्बीमा कम्पनीले माग्यो २२ कर्मचारी

  २०७६ फागुन ३० गते १२:५२     विकासन्युज

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी नियुक्त गर्नका लागि दरखास्त आह्वान गरेको छ। कम्पनीले खुला, समावेशी तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी विभिन्न पदमा २२ कर्मचारी माग गरेको हो ।

बिहीबार प्रकाशित सूचनाअनुसार नायव महाप्रबन्धक, प्रबन्धक, सहायक प्रबन्धक र वरिष्ठ सहायक पदमा कर्मचारी माग गरिएको छ । आवेदन दिने म्याद चैत २० र दोब्बर दस्तुर तिरेर चैत २७ गतेसम्मलाई तोकिएको छ ।

कम्पनीले दशौँ र नवौ तहको परीक्षा दस्तुुर १२ सय, आठौं, सातौं र छैठौं तहको लागि १ हजार र पाँचौँ तहको लागि परिक्षा दस्तुर ४ सय रुपैयाँ तोकेको छ । प्रत्येक थप समूहका लागि थप दस्तुर लाग्ने व्यहोरामा खुलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.