भवानी राणाको कार्यकाल बढ्दै, शेखर गोल्छाको घट्दै

  २०७६ फागुन ३० गते १२:०१     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आज बस्ने कार्यसमितिको बैठकले दुईटा निर्णय गर्दैैछ । पहिलो, ७ प्रदेश उद्योग वाणिज्य संघको निर्वाचन स्थगित गर्दैैछ । दोस्रो, कोरोना भाइरसको संक्रमण रोक्न निजी क्षेत्रबाट सक्दो प्रयास गर्ने निर्णय लिँदैछ ।

चैत २८ र २९ गते हुने महासंघको निर्वाचनलाई तत्काल रोक्ने वा नरोक्ने विषयमा कुनै निर्णय नहुने स्रोतले बतायो । आवश्यक पर्दा चैतको तेस्रो साता कार्यसमितिको बैठक बसी निर्वाचन सार्न विषयमा अनौपचारिक समझदारी बन्दैछ ।

कोरोना संक्रमणले विश्वव्यापी रुपमा निम्त्याएको संकट र नेपाल सरकारले गरेका निर्णयहरुको आधारमा महासंघको निर्वाचन तीन महिनालाई सर्ने लगभग निश्चित भएको महासंघका पदाधिकारीहरु बताउँछन् ।

निर्वाचन रोकिएको अवस्थामा अध्यक्ष भवानी राणासहित वर्तमान कार्यसमितिको कार्यकाल ३ महिना लम्बिने छ भने आगामी अध्यक्ष शेखर गोल्छासहित नयाँ कार्यसमितिको कार्यकाल ३ महिना छोटिने छ ।

महासंघको विधान अनुसार हरेक वर्ष चैत्र मसान्तमा साधारणसभा हुनुपर्छ र हरेक ३ वर्षमा नयाँ नेतृत्वको लागि निर्वाचन हुनुपर्छ ।

विशेष अवस्थामा ३ महिनाको लागि साधारणसभा सार्न सकिन्छ । यहि व्यवस्थाका आधारमा यस वर्ष चैत मसान्तमा हुनुपर्ने निर्वाचन असार मसान्तमा सर्ने सम्भावना छ । केन्द्रको निर्वाचन हुनु भन्दा एक महिना अघि नै प्रदेशको निर्वाचन हुनु पर्ने व्यवस्था कार्यान्वयन नभएकोले पनि केन्द्रलाई निर्वाचन सार्न दवाव पर्नेछ ।

यसरी निर्वाचन सर्दा अध्यक्ष भवानी राणाको कार्याकाल ३६ महिनाको सट्टा ३९ महिनाको हुने छ भने आगामी अध्यक्ष शेखर गोल्छाको कार्यकाल ३३ महिना मात्र हुने जानकारहरु बताउँछन् ।

सम्बन्धित सामग्री

एफएनसीसीआई साधारणसभाः कसरी हुन सक्छ स्थगित ? रोकिए फेरि कहिले गर्नुपर्छ ?

एफएनसीसीआई निर्वाचनः रोक्न प्रशासनको आग्रह, नरोक्न उम्मेदवारको दबाब

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.