सिई कन्सट्रक्सनले माग्याे विभिन्न विद्यामा ३७ कर्मचारी

  २०७६ फागुन ३० गते ११:१९     विकासन्युज

काठमाडौं । निर्माण क्षेत्रकाे पायाेनियर कम्पनी सिई कन्सट्रक्सनले विभिन्न विधामा ३७ जनाको कर्मचारी मागेको छ । सिई कन्सट्रक्सनले १८ भिन्न विधा कर्मचारीहरू मागेको हो ।

कन्सट्रक्सनले हाईड्रोपावरमा दुई प्रोजेक्ट म्यानेजर र असिस्टेन्ट प्रोजेक्ट म्यानेजर मागेको छ । यस्तै दुई टनेल ईन्जिनियर, सिनियर ईन्जिनियर, जियोलोजिस्ट, एकजना क्युये/क्युसि सिनियर ईन्जिनियर, क्युये/क्युसि ईन्जिनियर, दुई कवान्टिटि सर्भयर, प्लान्ट ईन्चार्ज, ईलेक्ट्रिकल ईन्जिनियर, मेकानिकल ईन्जिनियर, ६ जना टनेल सुपरभाईजर, ३ जना जियोम्याटिक ईन्जिनियर, दुई जना सेड्युलर, स्टोर कोओरडिनेटर, ४ जना स्टोर किपर, एक जना एचआर अफिसर र दुई जना सिनियर पिआर अफिसर मागेको छ ।

जागिर खान चाहानेले चैत १५ गतेसम्म बायो डाटा कभर लेटर सहित सिई कन्सट्रक्सनका career@ce-construction.com मा ईमेल पठाउन सक्नेछन् । याे कम्पनीले अावास निर्माण तर्फ पनि राम्राे ख्याती कमाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.