सिटिजन्स बैंकद्वारा महेन्द्र माध्यामिक विद्यालयलाई ५ लाख सहयोग

  २०७६ फागुन ३० गते १०:२९     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकले ज्ञानेश्वरस्थित महेन्द्र भवन माध्यामिक आवासीय विद्यालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

संस्थागत सामाजिक उतर दायित्वअन्तर्गत बैंकले शौचालय निर्माणकोे लागि बैंकमा आयोजित एक कार्यक्रमका बीच उक्त रकम हस्तान्तरण गरेको हो ।

ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि बैंकले उपलब्ध गराउँदै आएको छ ।

बैंकले आफ्ना ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

यस सिटिजन्स बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपाल भित्रको कुनै पनि पीओएस मेशिन मार्फत सामान वा सुविधा खरिद गर्दा २०% सम्म क्यास ब्याक(नगदफिर्ता) हुने योजना सञ्चालनमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.