२०७६ फागुन २९ गते १९:०४ विकासन्युज
काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका अर्थ, संचार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले प्रहरी गुहारेका छन् । आफ्नो फोटो र नामको अनधिकृत प्रयोग भएको भन्दै डा. खतिवडाले नेपाल प्रहरीको साइबर ब्यूरोलाई छानविनको मौखिक अनुरोध गरेका हुन् ।
डा. खतिवडाको नाममा फेसबुक अकाउन्ट खोलिएको र सो अकाउन्टबाट धमाधम स्ट्याटस अपडेट हुन थालेको भन्दै मन्त्री खतिवडाले छानविनको लागि साइबर ब्यूरोलाई अनुरोध गरेका ब्यूरो स्रोतले जानकारी दियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.