सिटिजन लाइफ इन्स्योरेन्सले दियो सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम

  २०७६ फागुन २९ गते १६:४९     विकासन्युज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण नीति सम्बन्धी तालिम सम्पन्न गरेको छ । फागुन महिनामा आयोजित सो तालिम कम्पनीको प्रधान कार्यालय टेकुमा सम्पन्न भएको हो ।

उक्त तालिम कम्पनीका अनुपालन अधिकृत दिपक कुंवरले प्रस्तुत गरेका थिए । उनले गैर कानुनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको माध्यमले सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने आदी विषयमा विस्तृत जानकारी दिए ।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले यसको महत्व र प्रभावका साथै यसलाई कार्यन्वयन गर्न हरेक कर्मचारीले गर्नुपर्ने कामको बारेमा जानकारी दिए । साथै, यस प्रकारको कार्यक्रम देशभरी क्रमशः विस्तार गरिने उनले बताए ।

कार्यक्रममा कम्पनीका प्रमुख सञ्चालन अधिकृत दशरथ मनी खड्का, सहायक महाप्रबन्धक दिप बहादुर बि. सि., प्रमुख बजार व्यवस्थापन अधिकृत कबी फुयाल लगायत सम्पूर्ण कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.