सरकार उच्च सतर्कता अपनाउँदै, विद्यालय परीक्षा गराउँदै

  २०७६ फागुन २९ गते १२:१७     डोमी शेर्पा

काठमाडौं । कोरोनाले विश्वभर त्रास फैलाइरहेको अवस्थामा नेपाल सरकारले पनि उच्च सर्तकता अपनाउन सुरु गरेको छ । सिरकाले भिडभाड तथा मानिस जम्मा हुने कुनै पनि कार्यक्रम नगर्न निर्देशन दिइसकेको छ । बुधबार विश्व स्वास्थ्य संगठनले पनि कोरोनालाई महामारीको रुपमा संज्ञा दिइसकेको छ ।

सरकारले कोरोनसँग लड्नको लागि उच्च सर्तकता अपनाउँदै गर्दा विद्यालयहरु भने धमाधम परीक्षा चलाउने तर्फ अगाडि बढिरहेका छन् ।
परीक्षाको समय अधिकांश विद्यार्थीको लागि त्रासको विषय हो । एकतर्फ भाइरसको त्रास फैलिरहेको समयमा परिक्षाको त्रासले कतै विद्यार्थीको नतिजामा त समस्या पार्दैन त ? अहिले अभिभावक पनि त्रसित बनेका छन् ।

शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शमाले अहिलेको समयमा हामीहरु त्यति त्रसित हुनुपर्ने अवस्था नभएको बताए । ‘हामी सचेत पक्कै हुनुपर्छ तर त्रसित भने हुनुहुँदैन, अहिलेसम्म कुनै पनि परीक्षा रद्द नर्गन निधो हामीले गरेका छा’, उनले भने ।

भाइरसले कति लामो समयसम्म असर गर्ने हो भन्ने एकिन नभएको र परीक्षा कतिसम्म सार्ने र विद्यालय कतिसम्म बन्द गर्ने भन्ने तय हुन नसकेकोले समयमा नै परीक्षाहरु सकेर विद्यालयहरु बन्द गर्नु सबैभन्दा उत्तम उपाय भएको शर्माको भनाइ छ । यो समयमा सबैभन्दा उत्तम उपाय विद्यार्थीलाई सही काउन्सिलिङ रहेको र त्यसको लागि मन्त्रालयले विद्यालयहरुलाई पत्रचार गरिसकेको शर्माले जानकारी दिए ।

मन्त्रालयले बिहिबार सबै विद्यालयहरुलाई कक्षा ९ सम्मको सबै परीक्षा चैत ५ गतेसम्म पुरा गर्न निर्देशन दिएको थियो । चैत ६ गते देखि एसईई परिक्षा रहेकोले आफुहरुले भिडभाड कम गर्नलाई ९ सम्मको परिक्षा सिध्याउनलाई निर्देशन दिएको शर्माले बताए । कक्षा १२ सम्म देशभर ४५ लाख भन्दा बढि विद्यार्थी रहेका छन् जुसमा सबैभन्दा बढि कक्षा १ मा ५ लाख विद्याथी छन् ।

समयमा परिक्षा नसकिँदा समयमा नतिजा नआउने र समयमा नतिजा नआउँदा नयाँ भर्नामा समस्या ल्याउने र थप तनाव सृजना हुने त्रिभुवन विश्वविद्यालयका शिक्षाशास्त्र संकायका डिन कृष्ण प्रसाद गौतम बताउँछन् । स्नातक तहमा हाल नेपालभर ३ लाख विद्यार्थी अध्ययन गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.