एनआईसी एशिया र अष्ट्रेलियाको लिगल रेमिटबीच रेमिट्यान्स सम्झौता

  २०७६ फागुन २८ गते १८:१५     विकासन्युज

काठमाडौं । नेपालकाे एनआईसी एशिया रेमिट र अष्ट्रेलियाको लिगल रेमिटबीच रेमिट्यान्स सम्झौता भएकाे छ । उक्त सम्झौता पश्चात अष्ट्रेलियाका नेपालीहरूले लिगल रेमिटबाट रकम पठाएर एनआईसी एशिया बैंकको एनआईसी एशिया रेमिट मार्फत तुरुन्त रकम भुक्तानी लिन सक्नेछन् ।

साथै, विप्रेषण रकम नेपालका जुनसुकै बैंकको खातामा समेत पठाउन सकिनेछ । लिगल रेमिट मार्फत अष्ट्रेलियामा रहेका नेपालीहरूले पठाएको विप्रेषण रकम नेपालमा रहेका उनीहरुका आफन्तहरू वा अन्य व्यक्तिहरूले सजिलै भुक्तानी गर्न सक्नेछन् । उनीहरुले यस बैंकको मुलुकभर छरिएर रहेका ३१९ वटा शाखा, १०७ वटा एक्स्टेन्सन काउण्टर, ५८ वटा शाखारहित बैंकिङ्ग इकाइहरू तथा ९ हजारभन्दा बढी सहायक प्रतिनिधिहरू मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सक्नेछन् ।

एनआईसी एशिया बैंक र लुम्बिनी ग्रुप प्राइभेटबीच रेमिट्यान्स सेवाका लागि सम्झौता भई विप्रेषण कारोबार समेत सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.