काठमाडौं भ्यु टावर: भेटवालको आत्मसमर्पणले निर्माण कार्य सुस्ताएकाे हाे ?

  २०७६ फागुन २८ गते १६:५१     सन्ताेष राेकाया

काठमाडौं भ्यु टावरका ठेकेदार मनोज भेटवाल प्रहरीको नियन्त्रणमा रहेसँगै निर्माणाधीन भ्यु टावरको काममा सुस्तता देखिएको छ । केही दिन अघि मात्र दुई सय पचासभन्दा बढी कामदार लगाएर निर्माण भइरहेको भ्यु टावरमा आजभने कामदारको उपस्थिति पनि न्युन देखिएको छ । यसले पनि भ्यु टावर निर्माणमा असर पारेको बुझ्न सकिन्छ । निर्माण कम्पनी भने राति ११ बजेसम्म काम गरिहेहको बताउँछ ।

काठमाडौं महानगरिपालिका २८ पूरानो बसपार्कमा निर्माधीन रहेको भ्यु टावर निर्माण थालिएको तीन वर्ष बिते पनि प्रगति भने निराशाजनक छ । निर्माण कार्य शुरु भएको तीन वषए बितिसक्दा पनि हालसम्म भ्यु टावरको जगसमेत तयार भएको छैन । विगतका दिनहरुमा त्यति राम्रो कार्य नगरेपनि केही महिनादेखि भ्यु टावरको निर्माण कार्य उत्साहजनक रुपमा भइरहेको थियो ।

तर, अहिले ठेकेदार भेटवाल प्रहरीको नियन्त्रणमा रहेसँगै त्यसको असर निर्माण कार्यमा परेको बुझ्न सकिन्छ । काठमाडौं महानगरिपालिकाले २०६८ सालमा पूरानो बसपार्क हटाएर सार्वजनिक– निजी साझेदारी मोडलमा बहुपयोेगी व्यावसायिक कम्प्लेक्स बनाउने योजना अघि सारेको थियो । सोही अनुसार टावर निर्माण र सञ्चालनको ठेक्का जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिले पाएको थियो ।

सो कम्पनीले भाडामा लिएको जग्गामा व्यापसयिक कम्प्लेक्स निर्माण गरी ३० वर्षसम्म प्रयोग गर्ने र त्यसपछि काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गर्ने सम्झौतामा उल्लेख छ । सम्झौतामा २९ तले भ्यु टावर निर्माण गरिने उल्लेख गरिएको छ । भने भ्यु टावर निर्माणको सम्पूर्ण निर्माणको लागत साढे सात अर्ब लाग्ने बताइएको छ ।

काठमाडौं महानगरिपालिकाका अनुसार भ्यु टावरको निर्माण कार्य सुस्त हुनु भनेको कम्पनीलाई नोक्सान हुनु बुझ्नु पर्ने बताउँछ । कम्पनीले निर्माण भइरहेको जमिनको भाडार सम्झौता बमोजिमको प्रिमियम रकम बुझाउनु पर्ने भएकोले यसमा महानगरपालिकाले कूनै प्रतिक्रिया दिँदैन ।

महानगरपालिकाले खुलामञ्चको २३ रोपनी अर्थात ११ हजार ८ सय ९० वर्गकिलोमिटर जग्गा वार्षिक ७० लाख रुपैयाँ भाडा बुझाउने गरी सम्झौता भएको छ । बनेपछि भने वार्षिक २ करोड ७० लाख महानगरलाई दिने उल्लेख छ । भ्यु टावरमा सपिङ मल, पार्किङ स्थल, कार्यालय भवन, चमेनम गृहलगायतका संरचना बनाउन सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

यो परियोजनामा जलेश्वर हाउजिङ प्रालिको ५१ प्रतिशत सेयर, स्वच्छन्द निर्माण सेवाको २५ प्रतिशत र बिकोई बिल्र्डसको २४ प्रतिशत सेयर रहेको छ । २९ तले भ्यु टावर भनिए पनि सुरुमा १२ तले बनाई पछि थप्दै जाने निर्माण कम्पनीको योजना रहेको भेटवाल नजिक एक स्रोतको भनाइ छ । उनका अनुसार दुई तले भूमिगत पार्किङ रहने छन् ।

जसमा ३ सयभन्दा बढी गाडी अटाउ सक्ने छन् । पहिलो तलामा बसपार्कका काउन्टर, दोस्रो तलामा सूचना डेक्स,तेस्रो तलामा अत्याधुनिक सिनेमा हल रहने उनको भनाइ छ । त्यस्तै, बैंक तथा वित्तीय कारोबार गर्ने स्थान, स्वास्थ्य सेवा प्रवाह गर्ने स्थान, रेष्टुरेण्ट तथा पुस्तकालय पनि रहनेछन् । काममा सुस्तता रहेपनि निर्माण कम्पनी भने अबको २ वर्षभित्र निर्माण सम्पन्न गर्ने दाबी गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.