सिटिजन लाइफ इन्स्योरेन्सले काठमाडौंमा गर्यो एमडीआरटी कार्यक्रम

  २०७६ फागुन २८ गते १३:२५     विकासन्युज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौंमा एमडीआरटी(मिलियन डलर राउन्ड टेबल) कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम सिटिजन लिडरहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने तथा ग्राहकहरु माझ सेवालाई स्तरीय बनाउने उद्देश्यले गरिएकाे थियो ।

कार्यक्रममा कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत कबी फुयालले एम्डीआरटी के हो, यसको प्रक्रिया, आवश्यकता र लाभहरुको बारेमा प्रकाश पार्दै सिटिजन लिडरहरुलाई प्रेरित गराएका थिए । साथै, उनले एमडीआरटीको लागि योग्य हुन आवश्यक कुराहरुमा जोड दिए ।

सोहि कार्यक्रममा एमडीआरटीमा सहभागी हुन आवश्यक मापदण्ड पुगेका सफल सिटिजन लिडरहरुलाई तथा यसको लक्ष्य लिएका सिटिजन लिडरहरुलाई सम्मान पनि गरिएको थियो ।

समापनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले यो पेशालाई सम्मानित बनाउने र पुरस्कृत गर्ने कार्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सदैव अग्रसर रहने बताउदै एमडीआरटी जस्ता कार्यक्रमले व्यवसायिक क्षमता वृद्धिमा अझ सहयोग पुग्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.