बजारमा उपाभोग्य सामानको अभाव नहुने साल्ट ट्रेडिङको दावी, नुन मात्रै १० महिना बढीलाई मौज्दात

  २०७६ फागुन २७ गते १७:५९     विकासन्युज

काठमाडौं । नेपालमा नुनको आयात तथा बिक्री वितरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले बजारमा उपभोग्य सामानको अभाव नहुने बताएको छ । कोरोनाको संक्रमण फैलिएपछि छिमेकी देश चीनले व्यापारिक नाका बन्द गरेपनि हाललाई त्यसको प्रभाव नेपाली बजारमा नपर्ने कम्पनीले दावी गरेको छ ।

कम्पनीले करिब एक लाख ५५ हजार २ सय ९ मेट्रिक टन(मे. टन) आयोडिनयुक्त नून बफर स्टक मौज्दात रहेको बताएको छ । करिब एक लाख ३२ हजार ७ सय ९ मेट्रिक टन आयोडिनयुक्त नून गोदाममा र २२ हजार ५ सय मे. टन मार्गस्थल गरी सो मात्राको नून मौज्दात रहेको छ ।

सो परिमाणको आयोडिनयुक्त नूनले देशभरीका जनताहरुलाई करिब १० महिना भन्दा बढी समयसम्म आपूर्ति व्यवस्था मिलाउन कर्पोरेशनको क्षमता रहेको छ ।

त्यस्तै, चिनीको आपूर्तिमा समेत कुनै अभाव हुन नदिन कपोरेशनसँग हाल २५ सय मे. टन गोदाममा र मार्गस्थलमा ७५ सय मे.टन गरी जम्मा १० हजार मे. टन स्टक मौज्दात रहेको कर्पोरेशनले जनाएको छ ।

कर्पोरेशनको गोदाममा युरिया २७ हजार १ सय ४५ मे टन, डिएपी १३ हजार ४ सय ३३ मे टन र पोटास ८३.३० मे टन गरी ४० हजार ६ सय ६२ मे टन स्टक रहेको छ ।

कर्पोरेशनसँग न्यूज प्रिन्ट, आर्ट पेपर लगायत प्रयोजनको लागि हाल करिब ८०० मे टन कागज स्टक मौज्दात रहेको छ ।

कर्पोरेशनले  विगतमा नेपालमा भएकाे अघाेषित नाकाबन्दी, विनाशकारी भूकम्प लगायतका समयहरूमा कही कतै कुनै अभाव नहुने गरी आयोडिनयुक्त नुनको आपूर्ति व्यवस्था मिलाउँदै आएको छ ।

कर्पोरेशन अन्तर्गत केन्द्रिय लगायतका ४९ कार्यालयहरु, विभिन्न दुर्गम जिल्लाहरुमा बिक्री केन्द्र ३१ कायालयको अलावा ६ हजार डिलर तथा किराना खुद्रा पसलहरु मार्फत नेपालभरी अति आवश्यक वस्तु नून लगायतका वस्तुहरुको आपूर्ति सजिलै गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.