कोरोनाको कहरः सरकारको चासोमा प्रवासी

  २०७६ फागुन २५ गते १८:१२     सुनिता पुडासैनी

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड १९) महामारीका रुपमा फैलिरहँदा नेपालमा पनि त्यसको असर र त्रास व्याप्त छ । हालसम्म नेपालमा यो भाइरस कूनै पनि व्यक्तिमा नदेखिएको भएपनि यसको त्रास भने फैलँदो क्रममा छ ।

नेपाल सरकारले देशभित्रका नागरिकसँगै विदेशमा रहेका नेपालीहरुलाई पनि चासोको रुपमा हेरिरहेको छ । चीनबाट सुरु भएको भनिएको यो भाइरसले चीनमा उग्र रुपलिएसँगै त्यहाँ अध्ययनका लागि गएका १ सय ७५ जना नेपाली विद्यार्थीलाई नेपाल सरकारलाई सकुसल उद्दार गर्यो ।

उद्दार गरेका १ सय ७५ जना मात्र होइन सबै नेपालीबाट सरकारले जस लियोे, र राष्ट्रबादी सरकारको संज्ञा पनि पायो । उद्दार गरिएका सबैको स्वास्थ्य परीक्षण गर्दा नेगेटिभ देखिएपछि अहिले सबै आ–आफ्नो घर फर्किसकेका छन् ।

त्यो सँगै अब नेपाल सरिकारको कामदारका लागि विदेशी भूमिमा पुगेगा प्रवासी नेपालीहरुमा गएको छ । हालसम्म नेपाली कामदारहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएपनि सतर्कता भाइरसको संक्रमण हुने सक्ने शंका भने गरिएको छ ।

करिब ४५ हजार नेपाली कामदार रहेको कोरिया अहिले कोरोना भाइरसको उच्च जोखिमममा छ । भलै कुनै पनि नागरिकमा यसको संक्रमण देखिएको छैन । विकासन्यूजले कोरियामा रहेका नेपाली कामदारहरुसँग जानकारी लिँदा उनीहरु आफु सुरक्षित रहेका बताउँछन् ।

नेपाल पनि कोरोना भाइरसको उच्च जोखिमको राष्ट्रको रुपमा विश्व स्वास्थ्य संगठनले राखेसँगै उनीहरु नेपालमा आउने भने त्यति इच्छुक देखिँदैनन् । कोरिया सरकार र नेपाल सरकारले पनि उनीहरुलाई सुरक्षित रहन आग्रह गरिसहेको छ ।

कोरियास्थित नेपाली राजदुतावासले नेपाली कामदारहरुलाई कम्पनीको नीति नियमलाई पालना गरी सुरक्षित रहन आग्रह गरिसकेको छ । नेपालीहरु विदेशमा राजगारीका लागि ४० लाखभन्दा बढी र अध्ययनका लागि ३ लाखभन्दा बढी छन् ।

आफ्नो नागरिक गएको देशमा कोरोनाको संक्तमण देखिएसँगै नेपाल सरकारको पनि चिन्ता चासो र ध्यान बढेको छ । हाल विश्वका ८० राष्ट्रमा फैलिएसकेको यो अवस्थामा नेपाल सरकार पनि गम्भीर देखिएको हो ।

नेपालीको प्रमुख रोजगारीको गन्तव्यमा कोरोनाको संक्रमण फैलिएसँगै सरकारले निरन्तर रुपमा त्यहाँ रहेका नेपालीको अवस्था र सम्बन्धित दुतावाससँग बुझ्दै आएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत राज पौड्यालले जानकारी दिए ।

त्यस्तै, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता सुमन घिमिरेले कोरोना भाइरस संक्रमित देशको अवस्थालाई ध्यानमा राख्दै वैदेशिक रोजगारमा जानेलाई अनुमति दिने तर हतारिएर कुनै पनि निर्णय नगर्ने बताए ।

‘कुन–कुन देशमा भाइरसको संक्रमण बढ्दै गएको छ भन्ने कुरा उक्त देशका रोजगारदाता र सम्बन्धित निकायसँग समन्वय भइरहेको, श्रम मन्त्रालयले सम्बन्धित मन्त्रालयको सहकार्यमा जोखिमको विश्लेषण गरी उक्त देशहरुमा समन्वय निरन्तर भइरहेको छ,’ उनले भने ।

वैदेशिक रोजगारीको क्षेत्रमा कोरोना भाइरसको प्रभाव बढेको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले बताए । पछिल्लो समय दक्षिण कोरिया र कुवेत जानेलाई रोक लगाएको छ ।

‘व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृतिको माध्यम भएर जानेलाई अन्य १२ देशमा श्रम स्वीकृति बन्द गरको छैन, त्यहाँको अवस्था हेरेर कुनै पनि समयमा बन्द हुन सक्छ,’ उनले भने ।

कोरोना भाइरसले त्रास फैलाएपछि सम्बन्धित निकायको चासो बढेको र आगामी दिनमा वैदेशिक रोजगारीमा रहेका युवालाई केन्द्रित गर्दै सरकारले निर्णय उनको भनाइ छ ।
पछिल्लो समय वैदेशिक रोजगार विभागमा दैनिक ५/७ सम्म उजुरी आउने गरेको विभागले जनाएको छ ।

पछिल्लो समय विदेश घुम्न जानेको संख्या पनि क्रमिक घट्दै गएको छ । गत आर्थिक वर्ष २०७५/०७६ मा नेपालीहरु विदेश घुम्न जानका लागि करिब ७३ अर्ब ६० करोड रुपैयाँ खर्च गरेका थिए भने चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म ३६ अर्ब ८० करोड रुपैयाँ खर्च गरेको नेपाल राष्ट्र बैंकको तथ्याकंले देखाउँछ ।

गत आर्थिक वर्षमा विदेश अध्ययन गर्नका लागि नेपाल राष्ट्र बैंकबाट ४६ अर्ब ३० करोड रुपैयाँ लिएका थिए भने चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा १४ अर्ब ८० करोड रुपैयाँ लिएका छन् ।

यसको अर्थ नेपालीहरु भ्रमण तथा अध्ययनका लागि ठूलो संख्या बाहिरिने गरेका छन् ।
यस्तै, नेपालको छिमेकी राष्ट्र भारतमा पनि हालसम्म ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यसले पनि नेपालमा झन त्रास फैलिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.