आशा लघुवित्तको लगानी व्यवस्थापन सम्बन्धि तालिम

  २०७६ फागुन २४ गते १६:४९     विकासन्युज

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २ दिने लगानी व्यवस्थापन तालिम सम्पन्न गरेको छ । यही २०७६ फाल्गुन २३ र २४गते बोडे भक्तपुरमा आयोजित तालिम कार्यक्रममा देश भर संचालित २५ वटा शाखा कार्यालयहरुमा कार्यरत २५जना शाखा प्रबन्धकहरुको सहभागीता रहेको थियो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले उद्घाटन गरेको उक्त कार्यक्रमको उद्देश्यबारे स्पष्ट पार्दै यस प्रकारका कार्यक्रमहरुले कर्मचारीहरुको कार्य क्षमता अभिवृद्धि हुनुका साथै मनोबल उच्च रहने जानकारी दिए । कार्यक्रममा लगानी व्यवस्थापन सम्बन्धी तालिम मेघराज गजुरेलले प्रशिक्षण भएका थिए ।

सो कार्यक्रममा आशा लघुवित्त वित्तीय संस्थाका विभागीय प्रमुखहरु बिजेन्द्र चौधरी, रबिन खतिवडा तथा दिपेन्द्र खनालले संस्थाको आन्तरिक नियन्त्रण प्रणाली तथा आन्तरिक व्यवस्थापनको सम्बन्धमा प्रस्तुति दिए भने जिवसन धामीले सुचना प्रविधी सम्बन्धी तालिम प्रदान गरेका थिए ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृति प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘बिपन्नका निम्ति आशा’ भन्ने मुल नाराका साथ स्थापना भयो । ककनी – ६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट शुरु भएको हो ।
हालसम्म संस्थाले २९वटा जिल्लाका ५५ शाखा कार्यालयमार्फत करिब ५३ हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउदै आएको छ । संस्थाको हालसम्म करीब २ अर्ब ३० करोड कर्जा लगानीमा रहेको छ भने ६७ करोड भन्दाबढी निक्षेप संकलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.