अब सफ्टवेरबाटै सवारी दुर्घटना न्यूनीकरण गरिने, एकैसाथ ३३ वटा प्रहरी कार्यालयमा संचालन हुने

  २०७६ फागुन २३ गते १९:४२     विकासन्युज

काठमाडाैं ।  काठमाडौं उपत्यका हुने सवारी दुर्घटनाको अभिलेखीकारण तथा न्यूनीकरणका लागि महानगरिय ट्राफिक प्रहरी महाशाखाले राेड एक्सिडेन्ट इन्फरमेसन म्यानेजमेन्ट सिष्टम(आएआईएमएस) सफ्टवेर प्रयोगमा ल्याएको छ ।

यस महाशाखा तथा यातायत व्यवस्था विभागको सहकार्यमा महाशाखा लगायत मातहतका ३३ वटा प्रहरी कार्यालयहरुमा एकैसाथ उक्त सफ्टवेर संचालनमा ल्याएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालका अनुसार उक्त सफ्टवेर संचालनसंगै सम्पूर्ण सवारी दुर्घटनाहरू रेकर्ड राखिन्छ र अभिलेखीकरण गरिएका तथ्याङ्कहरुलाई विज्ञ सहितको टीमले तथ्याङ्क विश्लेषण गरेर दुर्घटनाका कारण, बढी दुर्घटना हुने स्थान, सवारीको अवस्था लगायत अन्य कारणहरुको समेत निक्यौल गरि सोको व्यवस्थापनका लागि अल्पकालीन तथा दीर्घकालीन योजनाहरु तर्जुमा गरि लागू गर्न टेवा पुग्ने छ ।

दुर्घटना अभिलेख व्यवस्थापनमा ट्राफिक प्रहरीले यस पूर्व पनि विभागबाट उपलब्ध गराईएको ट्याबलेट प्रयोग गरिदै आएको जानकारी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले दिए ।

‘हालै मात्र सो कार्यलाई अझ बढी प्रभावकारी बनाई कार्यसम्पादनमा सरलता एवं सहजताको लागि यातायात व्यवस्था विभागबाट दुर्घटना अभिलेखीकरणका लागि महाशाखालाई ३४ थान मोबाईल सेट उपलब्ध गराईएको छ ।’- उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.