धितोपत्र बोर्ड कर्मचारी युनियनको नयाँ कार्यसमिति चयन, न्यौपानेले नेतृत्व गर्ने

  २०७६ फागुन २३ गते १७:११     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार सम्पन्न यूनियनको पाँचौं अधिवेशनले तोलाकान्त न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमितिलाई सर्वसम्मत रूपमा चयन गरेको हो ।

यूनियनको नयाँ कार्य समितिमा ९ जना चयन भएका छन् । कार्यसमितिको उपाध्यक्षमा नहकुल भट्टराई, सचिवमा श्यामु मण्डल, कोषाध्यक्षमा सनु खड्का र सदस्यहरुमा राजन खतिवडा, अजय ढुंगाना, संगम राई, वसन्त रसाली र विपिन सापकोटा समेत सर्वसम्मत रुपमा चयन भएका छन् ।

कार्य समितिको कार्यकाल ४ वर्षको हुनेछ । यस यूनियन विगत १४ वर्षदेखि राजु बहादुर जि.सी.को नेतृत्वमा रहेको थियाे ।

धितोपत्र बोर्डको सभाहलमा भएको अधिवेशनको उद्घाटन राजु बहादुर जिसीको अध्यक्षतामा सम्पन्न भएको हो ।

बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले व्यवस्थापन र युनियन संगसंगै मिलेर बजारको विकासमा लाग्नु पर्ने कुरामा जोड दिएका छन् । त्यसैगरी, बोर्डका कार्यकारी निर्देशक परिष्टनाथ पौड्याल र निरज गिरीले यूनियनको नयाँ कार्यसमितिलाई शुभकामना दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.