सरकारले माक्स र सेनिटाइजर आयातमा भन्सार छुट दिने

  २०७६ फागुन २३ गते १६:५६     विकासन्युज

काठमाडौं ।  सरकारले भन्सारबाट आयात हुने माक्स र सेनिटाइजरमा छुट दिने बताएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले माक्स र सेनिटाइजरको आयातमा सहज बनाउने गरी भन्सार छुट गर्ने तयारी भइरहेकाे बताएकाे हाे ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयले माक्स र सेनिटाइजरमा छुट दिने गरी तयारी भइरहेकाे बताएकाे छ । यसका लागि मन्त्रालयले अर्थ मन्त्रालयलसँगै अनुरोध गर्ने समेत जनाएको छ ।

विश्वभर महामारीको रुपमा फैलिरहेको काेराना भाइरसबाट नेपाल समेत उच्च जोखिममा रहेको उल्लेख गर्दै मुलुकमा औषधि विशेष गरेर मास्क र स्यानिटाइजरकाे खपत बढी मात्रामा हुनुका साथै मौज्दात समेत राख्ने गरेको पाइएकोले बजारमा यसको अभाव सिर्जना हुन नदिनका साथै दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्था सहज गर्ने बताएकाे छ ।

अहिले बजारमा माक्स र सेनिटाइजर चरम अभाव देखिएको छ। बजार अभावसँगै कालोबजारी गर्ने व्यवसायीलाई समेत मन्त्रालयले अनुगमन गर्दै कारबाही थालेको र अब यसलाई निरन्तरता दिने जनाएको छ।

बजारमा अहिले कतिपय व्यापारीहरूले ५ रुपैयाँको माक्सलाई ५० रुपैयाँसम्ममा बिक्री गरिरहेका छन्। मेडिकल माक्सको अभावसँगै कपडाको माक्स व्यापारीले समेत कालोबजारी सुरु गरिसकेका छन् ।

बजारमा अनुचित नाफा कमाउने उद्देश्यले उपभोग्य वस्तुको बिक्री वितरण एवं कृत्रिम अभाव सिर्जना नगर्न सम्बद्ध व्यवसायीहरुलाई निर्देश  समेत दिएकाे छ । यस्तै, पेट्रोलियम पदार्थ, नून, चिनी, चामल लगायतका खाद्यान्नको आपूर्तिमा समस्या नरहेको मन्त्रालयले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.