जापान रोजगारीमा पठाउने भन्दै ठगी गर्ने कन्सल्टेन्सीप्रति विभागकाे ध्यान

  २०७६ फागुन २३ गते १५:२२     विकासन्युज

काठमाडौं । जापान रोजगारीमा पठाइदिने भन्दै पछिल्लो समय ठगी गर्ने कन्सल्टेन्सीप्रति विभागकाे बढ्दै गएकाे छ । वैदेशिक रोजगार विभागमा जापान रोजगारीमा पठाउने भन्दै भाषा सकिरहेका व्यक्तिसँग रकम असुल उपर गरी ठगिका उजुरी आउन थालेका छन् ।

जापान रोजगारीका लागि अनुमति दिएको भन्दै विभिन्न सञ्चार मध्यमबाट विज्ञापन प्रकाशन गरि ठग्ने प्रविधि बढेसँगै त्यस्ता कन्सल्टेन्सीमा वैदेशिक रोजगार विभागको चाँसो बढेको छ ।

जापान पठाउने भनेसँगै विभागबाट इजाजत पत्र नलिएका संस्थाले नै व्यक्तिको पैसा असुल गरेको लिखित एवंम मौखिक उजुरीहरु प्राप्त हुने गरेको विभागले जानकारी दिएको ।

जापान पठाउने भन्दै गैर कानूनी रुपमा सूचनाहरु प्रवाह गर्ने संस्थाप्रति विभागको ध्यान बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.