अर्थमन्त्रीले आफ्नो लक्ष्य पुरा गर्न कर बढाएका हुन् : पूर्वसचिव रामेश्वर खनाल

  २०७६ फागुन २२ गते १५:५६     विकासन्युज

काठमाडौं । दुई साता अघि बसेको मन्त्रिपरिषद बैठकले पेट्रोलियम पदार्थमा लिने पूर्वाधार कर शतप्रतिशत बढाएर प्रतिलिटर १० रुपैयाँ पुर्याएको थियो । धेरै कर भयो भनेर जनस्तरबाट सरकारको आलोचना भइरहेको छ ।

सरकारले यसरी बढाएकाे करप्रति पुर्वसचिव रामेश्वर खनालले असहमति जनाएका छन् । सरकारले विकास निर्माणकाे लागि नभइ अर्थमन्त्रीले कर संकलनकाे लक्ष्य पूरा गर्न कर बढाएकाे पूर्व सचिव खनालकाे भनाइ छ ।

‘म सचिव हुँदा एउटै बस्तुमा धेरै कर लगाउनु हुदैन भनेर टेलिकमको कर घटाउन खोजेको थिएँ, तर साथीहरुले सहयोग गर्नु भएन,’ खनालले भने ।

नेपालको दूरसंचार सेवा पनि धेरै कर लाग्ने क्षेत्रमध्येमा पर्छ । दूरसंचार सेवामा १३ प्रतिशत दूरसंचार सेवा शुल्क, २ प्रतिशत स्वामित्व शुल्क र १३ प्रतिशत मूल्य अभिबृद्धि कर (भ्याट) लाग्ने गरेको छ ।

जनताबाट उठाउने करमा पनि एउटै शिर्षक राखेर कर उठाउन सके राम्रो हुने खनालले बताए । पछिल्लो समयमा पेट्रोलियम पदार्थमा प्रतिलिटर ५ रुपैयाँ पूर्वाधार कर बढाएपछि सरकारको आलोचना झन् बढेको छ । पूर्वाधार कर बृद्धिसँगै पेट्रोलियम पदार्थमा कर ८६ प्रतिशत पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.