व्यक्ति-विशेषसँग सेयर बजार नजोडौं: डा‍.खतिवडा

  २०७६ फागुन २२ गते १५:४७     विकासन्युज

काठमाडौं । अर्थ र सञ्चार तथा सूचनामन्त्री डा. युवराज खतिवडाले सेयर बजारलाई काेही व्यक्तिकाे अनुहार तथा व्यक्ति विशेषसँग नजाेड्न आग्रह गरेका छन् । उनले बिहीबार सञ्चार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा लगानीकर्तालाई उक्त आग्रह गरेका हुन् ।

‘अर्थमन्त्रीको काम लगानीकर्तालाई लगानी गर्न अवसर जुटाउने मात्र हो, बाँकी लगानीकर्ताकाे जिम्मा हाे, अर्थमन्त्रीको होइन । त्यसैले,लगानीकर्ता आफैले लगानी गर्नुभन्दा अघि त्यस कम्पनीको सम्पूर्ण वित्तीय अवस्था बुझ्न आवश्यक छ’, उनले भने ।

‘नीति ठीक हुने, प्रणाली ठीक हुने, कम्पनीको क्षमता र स्वास्थ्य राम्रो हुने तर भाउ तलमाथि हुने भनेको बजारको सेन्टिमेन्ट हो, त्यो हामी कसैसँग जोडेर हेर्नु उपयुक्त हुँदैन,’ उनले भने ।

साथै, पछिल्लो दुई वर्षमा पुँजीबजारमा धेरै सुधार भएको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.