बैंकमा सुन राखेर व्याजमा सुनै लिन पाइने

  २०७६ फागुन २२ गते १४:३१     विकासन्युज

काठमाडौं । बैंकमा पैसा राखे जस्तै गरी सुन पनि निक्षेपको रुपमा राख्न पाइने भएको छ । नेपाली नागरिकसँग रहेको सुन बैंकमा निक्षेपको रुपमा राख्न सकिने गरी नेपाल राष्ट्र बैंकले बाटो खुल्ला गरेको छ ।

राष्ट्र बैंकले बैंकहरुलाई निर्देशन जारी गर्दै सुन पनि पैसा जसरी नै व्याज दिएर निक्षेपको रुपमा राख्न मिल्ने व्यवस्था गर्न भनेको छ । यसरी सुन निक्षेप लिँदा कम्तिमा ९९५ फिटनेसको सुन मात्रै लिन राष्ट्र बैंकले भनेको छ । ९९५ फिटनेससम्मको सुन भनेको छापावाल वा २४ क्यारेटको सुन मात्रै हो ।

वाणिज्य बैंकहरुले सुन निक्षेप लिने सम्बन्धमा नीति तथा विस्तृत कार्यविधि बनाइ संचालक समितिबाट पारित गराई लागू गर्नुपर्ने राष्ट्र बैंकले भनेको छ । यसरी सुन निक्षेप लिने बैंकले सो निर्णय भएको ७ दिनभित्रमा राष्ट्र बैंकलाई जानकारी गराउनु पर्नेछ ।

बैंकले निक्षेपको रुपमा प्राप्त भएको सुनलाई आफ्नो ढुकुटीमा दाखिला गरी शुद्धता तथा तौलको आधारमा अलग गरी सुरक्षित तबरले ढुकुटीभित्र राख्ने व्यवस्था मिलाउनु पर्ने राष्ट्र बैंकले भनेको छ । ढुकुटी सुरक्षाको लागि सीसीटिभी क्यामरा, स्ट्रङ रुम, दोहोरो चाबीलगायतका आवश्यक प्रबन्ध मिलाउन पनि राष्ट्र बैंकको निर्देशन छ ।

यस्तै, बैंकहरुले निश्चित शाखाबाट मात्रै सुन निक्षेप लिने व्यवस्था गर्न सक्नेछन् । तर, यसरी कुन शाखाबाट सुन निक्षेप लिने हो, त्यसको जानकारी सार्वजनिक रुपमा गराउनु पर्ने राष्ट्र बैंकको भनाइ छ ।

बैंकमा निक्षेपको रुपमा राखिने सुनको परिमाण कम्तिमा २५ ग्राम हुनुपर्ने भनिएको छ । २५ ग्राम सुन भनेको २ तोलाभन्दा बढी हो । सुन निक्षेप राख्न आउने ग्राहकले ल्याएको सुनको शुद्धता परीक्षण गरी प्रमाणपत्र दिने व्यवस्था मिलाउन बैंकहरुलाई भनिएको छ ।

बैंकमा सुन निक्षेप राख्ने ग्राहकले व्याजको रुपमा सुन वा नगद लिन पाउने छन् । तर, व्याजको रुपमा सुन वा नगद जे लिने हो, सो खुलाउनु पर्ने भनिएको छ । सुन निक्षेपको व्याज भने बैंकहरुले तोक्न पाउने भएका छन् ।

अरु यस्ता छन् विशेषताः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.