विभिन्न मोडेलका ईकोस्पोर्ट नेपाली बजारमा, यस्ता छन् मूल्य

  २०७६ फागुन २२ गते १४:०३     विकासन्युज

काठमाडौं । नेपालका लागि आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्सले फोर्ड इकोस्पोर्ट सार्वजनिक गरेको छ । भारत स्टेज भिआइमा आधारित इकोस्पोर्ट पुरानो २०१९ को मूल्यमा नै निरन्तरता दिइ बजारमा ल्याएको हो ।

यस अनुसार २०२० फोर्ड ईकास्पोर्टको पेट्रोल गाडीको मुल्य रु. ३८.९९ लाखबाट र डिजेल गाडीको रु. ३९.९९ लाखबाट शुरु हुनेछ । यसबाट ग्राहकले नयाँ मुल्य निर्धारण हुनुभन्दा पहिला बुकिङ्ग गरी फाइदा उठाउन सक्ने छन् ।

२०२० मा सार्वजनिक यो गाडी ड्राइभिङ्गको लागि रमाइलो, शक्तिशाली र पेट्रोल डिजेल इन्जिनको लागि विशिष्ट रोजाइ रहेको कम्पनीको दाबी छ । ईकोस्पोर्ट डिजेलमा फोर्डको विश्वस्त र भरपर्दो बिएसभिआइमा आधारित १.५लि टिडीसिआइ डिजल इन्जिन रहेको छ । जसले १००पिएस पावर र २१५एनएम टर्की के प्रदान गर्दछ र यो म्यानुअल ट्रान्समिसनमा उपलब्ध छ ।

लाइन अपमा फोर्डको नयाँ ३ सिलिन्डरयुक्त १.५लि टिआइ भिसिटी पेट्रोल इन्जिन समावेश छ । जसले १२२पिएस पावर र १४९एनएम टर्की प्रदान गर्दछ । पेट्रोल इन्जिन पाँच स्पिड म्यानुअल ट्रान्समिसन र ६ स्पिड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ ।

२०२० संस्करण इकोस्पोर्ट ३ वर्ष वा १ लाख किमिको वारेन्टीका साथ आउने यी गाडीहरुको सेग्मेन्टमा सबैभन्दा कम स्वामित्व खर्च रहेको छ । यस संस्करणमा पनि ईकोस्पोर्टले आकर्षक वाहिरी बनावट, आरादायी भित्री बनावट तथा स्टाइललाई कायम राखेको छ ।

साथै, यो सनरुफजडित भेरियन्टमा पनि उपलब्ध छ । ईकोस्पोर्टमा ग्राहकहरुका लागि अतुलनीय सुरक्षा, आरामदायी सवारीका साथै हरेकपल कनेक्टेड रहन उच्चतम प्रविधिहरु जडान गरिएको छ । मूल्य सूची

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.