युनिग्लोब कलेजले गर्यो दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन, पूर्व अर्थमन्त्री डा. महतबाट उद्घाटन

  २०७६ फागुन २२ गते १०:००     विकासन्युज

काठमाडौं । नयाँ बानेश्वरस्थित युनिग्लोब कलेजको २ दिने अन्तर्राष्ट्रिय सम्मेलनको उदघाटन डा. पर्व अर्थमन्त्री रामशरण महतले गरेका हुन् । विद्यार्थीहरुलाई सैद्धान्तिक र व्यवहारिक ज्ञानका साथसाथै अनुसन्धान र अन्वेषणमूलक शिक्षा प्रदान गर्ने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा महतले अनुसन्धानको महत्व र युनिग्लोब कलेजले शैक्षिक क्षेत्रमा ल्याएको परिवर्तन र विकासको प्रशंसा गरेका थिए । नेपालको प्राचिनकाल देखि छिमेकी देशसँग व्यापारको सम्बन्ध सुमधुर रहेको बताए ।

साथै, आधुनिक व्यापारमा पनि नेपाल विश्वको दुई ठुला छिमेकी मुलुक भारत र चीनको बिचमा रहेकोले उक्त आवसरको फाईदा लिन रणनैतिक भुमिका खेल्नु पर्नेमा जोड दिनुपर्नेसमेत उनले उल्लेख गरे ।

कार्यक्रमका विशेष अतिथि विश्वविद्यालय अनुदान आयोगका प्रमुख प्रा.डा. भिम प्रसाद सुवेदीले यस्ता कार्यक्रमहरु निरन्तरता आयोजना गर्नुले यस कलेजको प्रतिबद्धतालाई झन प्रगाढ पारेको बताए ।

प्रा.डा सुवेदीले स्वदेशमा आयोजना गरिने यस्ता कार्यक्रमले अनुसन्धान र अन्वेशणको माध्यमबाट स्वदेश तथा विदेशमा रहेका युवाहरुलाई स्वेदशमै उधमशिलता र रोजगारीको क्षेत्रमा आकार्षण गर्ने तथा उद्योगहरु स्थापन गर्नका लागि सम्वाहकको भूमिका खेल्ने उल्लेख गरेका छन् ।

सम्मेलनमा प्रमुख प्रा.डा. राधेश्याम प्रधानले अनुसन्धानमुलक शिक्षण पद्धतिमा जोड दिदै अर्थशास्त्र, वित्तशास्त्र, बजार व्यवस्थापन र संस्थागत सुशासनमा हुने नयाँ अनुसन्धान र अन्वेषणले शिक्षामा नयाँ आयाम थपिने कुरामा जोड दिए ।

कार्यक्रममा कलेजका प्रिन्सिपल डा.नर बहादुर विष्टले युनिग्लोव कलेजले शैक्षिक क्षेत्रमा अग्रणी भुमिका खेली शैक्षिक, आर्थिक र सामाजिक क्षेत्रमा परिवर्तनको लागि अनुसन्धानमुलक शिक्षण पद्धति महत्वपूर्ण हुने कुरामा प्रकाश पारे ।

कार्यक्रमका प्रस्तोता कार्यक्रम निर्देशक अनन्तराज घिमिरेले उक्त दुई दिने कार्यक्रम भव्यताका साथ सफल गरिने र यस्ता कार्यक्रमले भविष्यमा विद्यार्थीहरुलाई अनुसन्धानको ज्ञान तथा बौद्धिक क्षमतालाई अझ मजबुद बनाउने बताए ।

उक्त कार्यत्रममा अमेरिका, मलेशिया, इन्डिया वङ्गलादेश लगायत ५ देशका प्रतिनिधीहरुको सहभागिता थियो । उक्त कार्यक्रममा १६० वटा अनुसन्धानमुलक कार्यपत्रहरु प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.