युवराजका रेकर्ड नै रेकर्ड: कुन राम्रा, कुन नराम्रा ?

  २०७६ फागुन २१ गते १९:०८     विकासन्युज

काठमाडौं । अर्थमन्त्रीमा दोस्रो पटक पदवहाली गर्दै गर्दा डा. युवराज खतिवडाको नाममा रेकर्ड नै रेकर्ड कायम भएको छ । जिन्दगीभर राजनीति नगरेका खतिवडा सरकारी सेवाबाट अवकास पाएदेखि रोजीछानी राजनीतिक लाभको पद पाउने भाग्यमानी थोरै नेपालीभित्र पर्छन् ।

डा. खतिवडा २ पटक अर्थमन्त्री भएपनि दुबै पटक सांसद छैनन् । पहिलो पटक मन्त्री बन्दा पनि उनी सांसद थिएनन् । मन्त्री भएको एक सातापछि मात्रै उनी राष्ट्रियसभा सदस्यमा मनोनित भएका थिए । सांसद नभई २ पटक मन्त्री बन्ने रेकर्ड डा. खतिवडाको नाममा रहेको छ ।

यस्तै, डा. खतिवडा २० फागुनमा पनि मन्त्रालय गएर काम गरे । र, अपरान्ह पदबाट राजीनामा गरे । उनले राजीनामा गरेको २४ घण्टा पनि नवित्दै मन्त्री पदमा पुनः नियुक्ति पाए । पदबाट राजीनामा गरेर पुनः मन्त्री बन्दा एक दिन पनि मन्त्रालय गयल हुनुनपरेको रेकर्ड पनि डा. खतिवडाको नाममा रह्यो । डा. खतिवडाले २१ फागुन अपरान्ह मन्त्री पदको सपथ सकेर मन्त्रालय पुगी कार्यभार सम्हाले ।

प्रधानमन्त्रीले आफ्नो उपचारको लागि आईसीयुमा छिर्नुअघि कसैलाई मन्त्रीमा सिफारिस गरेको व्यक्तिका रुपमा पनि डा. खतिवडाकै नाममा रेकर्ड रह्यो ।

डा. खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गाैला पुनः प्रत्यारोपणका लागि अस्पतालको आईसीयु कक्षमा प्रवेश गर्नु ठीक अघि मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरे । प्रधानमन्त्रीले आफ्नो उपचारको लागि आईसीयुमा छिर्नुअघि कसैलाई मन्त्रीमा सिफारिस गरेको व्यक्तिका रुपमा पनि डा. खतिवडाकै नाममा रेकर्ड रह्यो ।

सत्तारुढ नेकपाको सचिवालयका अधिकांश निर्णयहरु सहमतिका आधारमा हुने गरेका छन् । तर, नेकपाको इतिहासमै पहिलो पटक डा. खतिवडाकै कारण तीब्र तनाब उत्पन्न भएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रियसभा सदस्यमा डा. खतिवडालाई नै पठाउँन चाहन्छन् । तर, सचिवालय बैठकले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा पठाउने निर्णय गरेको छ । सचिवालयको यो निर्णयप्रति प्रधानमन्त्री ओलीको असहमति रहेको बताइन्छ । पार्टी सचिवालयको सर्वसम्मत निर्णय पार्टी अध्यक्षले नै मान्दिन भन्ने परिस्थितिको सिर्जना डा. खतिवडाकै कारण उत्पन्न भयो ।

आफ्नो पद लामो समय जोगिने आशमा पहिला पाएकोभन्दा तल्लो दर्जाको पदमा जागिर खान जाने रेकर्ड पनि डा. खतिवडाकै नाममा छ ।

डा. खतिवडा राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्ष र नेपाल राष्ट्र बैंकको पूर्व गभर्नर पनि हुन् । आयोगको उपाध्यक्ष पद नेपाल राष्ट्र बैंकको गभर्नरभन्दा माथिको हो । राष्ट्र बैंकको गभर्नर भएपछि ५ वर्षसम्म सो पदबाट हटाउन गाह्रो हुन्छ भने आयोगको उपाध्यक्ष पद सरकार परिवर्तन हुने वित्तिकै जान्छ । आफ्नो पद लामो समय जोगिने आशमा पहिला पाएकोभन्दा तल्लो दर्जाको पदमा जागिर खान जाने रेकर्ड पनि डा. खतिवडाकै नाममा छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पद सम्हालिसकेका व्यक्ति अर्थमन्त्री भएका अरु उदाहरण पनि छन् । तर, आयोग उपाध्यक्ष, नेपाल राष्ट्र बैंकको गभर्नर र अर्थमन्त्री एउटै व्यक्ति बनेका उदाहरण सायदै छन् । तर, डा. खतिवडाले यी तीनवटै महत्वपूर्ण पद प्राप्त गरिसकेका छन् ।

डा. खतिवडा अर्थमन्त्री बन्ने वित्तिकै अर्थतन्त्रको बारेमा श्वेतपत्र जारी गरे । सो श्वेतपत्रमा देशको ढुकुटी करिब रित्तो रहेको उल्लेख गरे । डा. खतिवडाले संसदमा पेश गरेको सो श्वेतपत्र आजसम्म पनि विवादित छ । सरकारले जारी गरेको श्वेतपत्र सबैभन्दा धेरै विवादमा परेको सम्भवतः डा. खतिवडाले तयार पारेको श्वेतपत्र नै हो ।

अर्थमन्त्रीको पद जान लाग्यो भन्ने समाचार सार्वजनिक हुँदा पुँजी बजार मापक एकै दिन ५ प्रतिशतले बढ्ने र कारोबार रकम ७ गुणाले बढ्ने गरेको रेकर्ड पनि डा. खतिवडाकै पालामा देखियो ।

डा. खतिवडाको सकिन लागेको राष्ट्रियसभा सदस्य पदमा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने नेकपाको निर्णयपछि सेयर बजारमा दैनिक औसत ३ अर्बभन्दा माथिको सेयर कारोबार हुन थाल्यो । सोभन्दा अघि दैनिक औसत ५० करोड रुपैयाँको हाराहारीमा कारोबार हुने गरेको थियो । सो निर्णय भएको समाचार आएकै दिन सेयर बजार परिसूचक नेप्से करिब ५ प्रतिशतले बढ्यो । अर्थमन्त्रीको पद जान लाग्यो भन्ने समाचार सार्वजनिक हुँदा पुँजी बजार मापक एकै दिन ५ प्रतिशतले बढ्ने र कारोबार रकम ७ गुणाले बढ्ने गरेको रेकर्ड पनि डा. खतिवडाकै पालामा देखियो । उनी मन्त्रीमा पुनः नियुक्त भएको दिन भने सेयर बजार ६८ अंकले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.