यामाहाले इण्डोनेसियाबाट भित्र्यायो नयाँ स्कुटर, यस्ता छन् विशेषता

  २०७६ फागुन २१ गते १८:५९     विकासन्युज

काठमाडौं । यामाहा नेपालले इण्डोनेसीयन सिरिजको आफ्नो नयाँ प्रस्तुति ‘एनम्याक्स १५५’ स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ । यामाहाको आधिकारिक बिक्रेता एम.ए.डब्लु. इन्टरप्राइजेज प्रा.लि.ले केही ग्राहकहरुको मागमा यस स्कुटरलाई इण्डोनेसियाबाट नेपालमा आयात गरेको हो ।

कम्पनीका अनुसार एनम्याक्स १५५ मा जडित फ्युल इन्जेक्टेड इन्जिनको विकास यामाहाको अत्याधुनिक प्रविधि ब्लु कोर प्रविधि प्रयोग गरेर गरिएको छ । यो नवीनतम डिजाइनको लक्ष्य बाइकको दहन र चिसोपन दक्षता वृद्धि गर्न तथा, साथै सोही समयमा पावर क्षति कम गर्छ । जसले ग्राहकलाई उच्च द्रूत गतिसहितको तीव्र बेग र इन्धनको खपत कम गर्नमा केन्द्रित गर्ने छ ।

यो स्कूटरमा दिइएको स्लीक ढाँचाको स्पोर्टी बनौट र प्रिमियम डिजाइन हाम्रो स्पोर्टी स्कूटरहरुबाट अत्यन्त प्रभावित भएको पाइन्छ । यसको एकीकृत पृष्ठभागको समाप्तीले एनम्याक्स १५५ लाई स्पोर्टी एवं परिष्कृत बनौट प्रदान गरेको छ जबकि यसमा रहेको बूमराङ्ग साइडको परिकल्पना र केन्द्रीय टनेलले यसको मजबुत यामाहा म्याक्स विरासतको उर्जागर गरिदिन्छ ।

एनम्याक्स १५५ लाई त्यसप्रकारको स्पोर्टी प्रस्तुतकर्ता बनाउनमा यसमा भएको परिवर्तनशील भल्भ प्रवर्तन (भिभिए) प्रणाली नै यसको एक प्रमुख विशेषता हो । फोर भल्भ सिलिण्डर हेडले एक विशेष क्यामशाफ्ट प्रयाेग गर्दछ जसले इन्जिनलाई न्यून र उच्च इन्जिन गतिहरुमा अझ अधिक दक्षताका साथ संचालन हुन, सबै रेभ दायराहरुमा बलियो तीव्रतापूर्ण बेग दिन,र सँगसँगैं राम्रो इन्धन खपत प्रदान गर्न सक्षम बनाउँछ ।

एनम्याक्स १५५ एक अत्यन्त मजबुत र हल्का तौलको ट्युबलर फ्रेमका साथ निर्मित छ, जसले स्पोर्टी सवार र सहज ह्याण्डलिङ्गकासाथ स्थिर ह्याण्डलिङ्ग प्रदान गर्ने कम्पनीले बताएको छ । यसमा दोहोरो सक रियर सस्पेन्सन प्रणाली र मिहीन-कार्यको टेलिस्कोपिक फ्रन्ट फोक्र्स, उच्च विशिष्टिकरण च्यासिस जस्ता विशेषताहरु रहेका छन् ।

बलियो र असरदार रोक्ने कार्य प्रदर्शनको लागि एनम्याक्स १५५ मा २३० मिमि फ्रन्ट डिस्क र २३० मिमि रियर डिस्क सुसज्जित गरिएको छ जसले सहज ब्रेक लगाउनका लागि पर्याप्त अवसर प्रदान गर्दछ । यो उच्च कल्पनाको स्कूटर एबिएस मापदण्ड अनुरुप उपलब्ध छ, जसले तपाईंलाई अझ बढी नियन्त्रणयोग्य ब्रेकिङ्ग पावर प्रदान गर्छ र विभिन्न परिस्थितिहरुमा आत्मविश्वास बढाइदिन्छ । सार रुपको एनम्याक्स १५५ अति कसिलो पार्किङ्ग स्थलमा समेत फिट हुनेछ । लामो आकारको दोहोरो सीटको डिजाइन सुविधाको उच्चतम स्तरको सुनिश्चित्ता दिन गरिएका छ र यसमा पूरा मुहार डाक्ने हेलमेट राख्ने भण्डारण स्थल पनि छ ।

स्कूटरमा भएको कम तौलको कास्ट एलो १३ इन्चको पाङ्ग्राहरुले यसको स्पोर्टी स्टाइल र प्रिमियम स्पेसिफिकेसन र फराकिलो ११०/७०-१३ को अग्र टायर र ठूलो १३०/७०-१७ को पछाडी टायरको खण्डलाई रेखाँकित गर्दछन् ।

हाल कम्पनीले यस स्कुटरकाे मूल्य भने सार्वजनिक गरेकाे छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.