इरानको उप स्वास्थ्य मन्त्रीसहित ३३ सांसद कोरोना संक्रमित, ५४ हजार कैदीलाई गर्याे रिहा

  २०७६ फागुन २१ गते १६:०१     विकासन्युज

तेहरान । इरानको ३३ सांसदसहित उप स्वास्थ्य मन्त्री इराज हरिर्चीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

जम्मा २ सय ९० सांसद रहेको इरानमा ३३ जनामा उक्त भाइरसको संक्रमण फेला परेको उपसभामुख अब्दुल रेजा मिस्रीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।

इरानका सर्वाेच्च नेता अलि खामेनीलाई सभामुख अलि लरिजानीको पत्रलाई ध्यानमा राख्दै उक्त विषयको जानकारी दिएका हुन् ।

त्यस्तै इरान सरकारले जेलमा रहेका ५४ हजार कैदीलाई रिहा गरेको छ । कोरोनाको संक्रमण फैलिएसँगै इरान सरकारले उक्त कैदालाई रिहा गरेको हो ।

पछिल्लो समय इरानमा संक्रमण नफैलियोस् भन्ने उद्देश्यले संक्रमित ३३ सांसदसहित स्वास्थ्य मन्त्रीलाई अन्य व्यक्तिहरुसँग प्रत्यक्ष सम्पर्कबाट टाढा रहन इरान सरकारले निर्देशन दिएको छ ।

इरानमा दुई हप्तामा सरकारका उच्च अधिकारीसहित ७७ जनाको मृत्यु भएको छ । त्यस्तै २ हजार ३ सयभन्दा बढी उक्त भाइरसबाट संक्रमित रहेका छन् ।

हाल विश्वमा ९० हजारभन्दा बढीमा व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ भने ३ हजार १ सयभन्दा बढीको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.