कोरियामा कोरोनाको संक्रमण बढ्दो, नेपाली कामदार भन्छन्ः हामी सुरक्षित छौं

  २०७६ फागुन २१ गते १२:००     सुनिता पुडासैनी

काठमाडौं । यतिखेर विश्वभर कारोना भाइरसको संक्रमण बढदो छ । त्यसमाथि कोरियामा त झन दिनप्रति दिन संक्रमित हुनेको संख्या बढिरहेको छ । कोरियामा कोरोना भाइरसको संक्रमण बढी रहँदा कोरियामा बस्ने नेपालीहरु पनि त्रसित बनेका छन् । करिब ४५ हजार नेपालीहरु कोरियामा कामदारका रुपमा गएका छन् ।

उनीहरुमा हालसम्म कोरोनाको संक्रमण नदेखिएपनि त्रसितको वातावरण भने सिर्जना भएको छ । हालसम्म विश्वमा कोरोना भाइरस संक्रमणका कारण ३ हजार १ सय २० जनाको मृत्यु भईसकेको छ भने करिब ९३ हजार भन्दा बढि मानिसहरु यसको संक्रमणमा छन् । तिनीहरुमा दक्षिण कोरीयामा मात्रै ५ हजार १ सय ८६ जना कोरोनाको संक्रमणमा छन् ।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार कोरियामा मात्रै हालसम्म २९ जनाको मृत्यु भइसकेको छ । कोरियाको सुवनमा बस्दै आएका भरत सुवेदीले कोरियामा कोरोनाको संक्रमण बढेपनि नेपाली कामदारमा भने हालसम्म संक्रमण नभेटिएको बताए ।

उनले कोरोना भाइरस संक्रमण बढेसँगै मानिसको आवत–जावतमा पनि कमि आएको बताए ।
कोरियाको सबैभन्दा बढी संक्रमित भएको र थेगु शहरमा घरबाट सार्वजनिक ठाउँमा निस्कन पनि निषेध गरिएको छ ।

उक्त शहरमा लगभग १ हजार भन्दा बढी नेपाली रहेको बताइएको छ । कोरोनाकै कारण कतिपय कम्पनीहरु बन्द भएकोले त्यहाँ काम गर्ने नेपालीहरु नेपाल फर्किन चाहेको थेगुस्थित नेपालीले बताएका छन् ।

थेगुमा काम गर्दै आएका सरोज पौडेलले काम गर्ने कम्पनीमा नियमित ज्वरो रुवाखोकी जाँच्ने भएकोले आत्तिनुपर्ने अवस्था नरहेका बताए । नेपाल आफै पनि कोरोना संक्रमणको जोखिममा रहेको हुँदा नेपाल फर्किहाल्ने निर्णय गर्न नसकेको पौडेल बताउँछन ।

वैदेशिक रोजगारीका लागि ४५ हजारभन्दा बढी नेपाली कामदार रहेको कोरियामा हालसम्म नेपाली कामदारमा यो भाइरस नरहेको कोरिया स्थिति नेपाली दुतावासले जानकारी दिएको छ ।
यस्तै, गजेस्थित सामसङ पानी जहाज कम्पनीमा काम गर्ने चन्द्रप्रकाश तिमल्सिनाले पछिल्लो केही दिनमा नै कोरोना संक्रमितहरुको संख्या अत्याधिक बढेको बताए । उनले हालसम्म सबै नेपालीहरु सुरक्षित रहेका बताए ।

गजेदो स्थित सामसुङ र देउ पानी जहाज कम्पनी गरि पाँच सय भन्दा बढि कामदार रहेकोमा हालसम्म सबै सुरक्षित रहेको जानकारी दिए । कोरियाली सरकारले कुनैपनि प्रकारको कार्यक्रम कन्सट र खेलहरु आयोजना गर्न रोकेको छ ।

राजदुतावास,एनआरएन र नेपाल सम्पर्क समिति(एनसीसी) ले कोरियामा रहेका सबै सचेत रहन, आफु पनि बच्न र अरुलाई पनि बचाउन आग्रह गरेको छ । कोरिया स्थित नेपाली दुतावासले पनि कोरियामा रहेका नेपालीहरुलाई सगज भएर बस्न हाग्रह गरिसकेको छ ।

साथै, सबैलाई माक्स लगाउन,नियमित हान्ड् सेनेटिजाइटरले हात सफागर्न, भिडभाड, सार्वजनिक सवारी साधनको सकभर प्रयोग नगर्न, अनि मानिसहरु जम्मा हुन निषेध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.