कोरोना भाइरसको संक्रमण बढेसँगै वैदेशिक रोजगारीमा थप चुनाैती

  २०७६ फागुन २० गते १६:५३     विकासन्युज

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेसँगै वैदेशिक रोजगारीमा थप समस्या तथा चुनौती पैदा भएको छ । पछिल्लो समय कोरोना भाइरस फैलिएसँगै आगामी दिनमा वैदेशिक रोजगारमा समस्या पैदा भएकाे वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरेले बताएका हुन् ।

नेपाल सरकारले कोरियामा कामदार पठाउन रोक लगाएसँगै पछिल्लो समय कुवेतको भिसा बन्द गरेको छ । त्यस्तै अन्य कोरोना संक्रमण फैलिएका देशको अवस्था हेरेर श्रम स्वीकृति रोक्ने तयारीमा सरकार रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।

मंगलबार पत्रकार सम्मेलन मार्फत अध्यक्ष गैरेले भने- ‘कोरोना भाइरसले सबैलाई संवेदनशील बनाएको छ, करिब ४२ लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारी रहेको यो अवस्थामा नेपाली कामदारको विषय सरकारको धारणा प्रति सहमत रहेका छौं ।’

नेपाली कामदारलाई रोजगार गन्तव्य मुलुकले बन्द गर्न नभनेसम्म यता नेपाल सरकार हतारिनु पर्ने अवस्था पैदाँ नभएको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेले जानकारी दिए ।

छिमेकी राष्ट्रबाट नै कोरोना भाइरसको उद्गम स्थल भएकाले आगामी दिनमा वैदेशिक रोजगारी जानलाई गाह्रो पर्ने व्यवसायी संघले जनाएको छ । साउदी अरब र दुबईले सूचना जारी गर्दा सरकारी अधिकारीहरु अति संवेदनशिल बन्दै गएका छन् ।

फ्लाई दुबई मार्फत बहराई गएका ३० जना नेपालीको फर्किनुको मूख्य कारण कोरोना संक्रमण देशमा जाँदा हो । केहि दिन अघि इरानबाट एक बहराईनी नागरिकले यात्रा गर्ने क्रममा भाइरस सरेको थियो ।

कोरोना भाइरस सङ्क्रमणका कारण विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्या ३ हजार १ सय नाघेको मङ्गलबार जनाइएको छ ।

गत डिसेम्बर महिनाको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान शहरबाट फैलिएको यस भाइरसको सङ्क्रमण हाल ६० भन्दा बढी देशमा फैलिएको छ ।

यस भाइरसका कारण विश्वभरी कम्तीमा ९० हजार जनामा सङ्क्रमण भएको पुष्टि भएको छ ।  संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसबाट ६ जनाको मृत्यु भएको छ ।

यस प्राणघातक कोरोना भाइरसको सङ्क्रमण विश्वका विभिन्न देशमा फैलिइरहेकाे बेला अमेरिकामा पनि छ जनाको ज्यान गएको अधिकारीहरूको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.