अर्थमन्त्री डा. खतिवडाले दिए राजीनामा

  २०७६ फागुन २० गते १६:१९     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार मन्त्रीपदबाट राजीनामा दिएको बताइएकाे छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेको डा‍. खतिवडाले मंगलबार पदबाट राजीनामा दिएका हुन । उनले मूख्य सचिव लोकदर्शन रेग्मीमार्फत राष्ट्रपतिसमक्ष राजीनामा दिएको बताइएको छ ।

राजीनामा दिइसकेपछि उनको राजीनामा स्वीकृत गरी पुनः मन्त्री पदमा नियुक्त गर्ने बुझिएको छ । संविधानमा संघीय संसद्को सदस्य नभएको व्यक्तिलाई ६ महिनासम्म मन्त्री बनाउन सकिने व्यवस्था छ ।

नेकपा उच्च स्रोतकाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई संविधानको धारा ७८ अनुसार पुनः अर्थमन्त्री नियुक्त गर्नेछन् ।

धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्तिलाई मन्त्री नियुक्त गर्न सकिनेछ । र, यसरी नियुक्त मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता पाइसक्नु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.