कोरोना भाइरसको कारणले विदेश पढ्न जान नपाइने, विदेशमा रहेकाले के गर्ने?

  २०७६ फागुन २० गते १५:४३     विकासन्युज

काठमाडौं । कोरोना भाइरसका कारणले नेपाली विद्यार्थी विदेश पढ्न जान नपाउने भएका छन् । कोरोना भाइरसको प्रभाव देखिएका देशमा अध्ययन अनुमतिपत्र दिन शिक्षा मन्त्रालयले रोकेको छ ।

आइतबारको मन्त्रिपरिषद्को बैठकले वैदेशिक अध्ययन अनुमति पत्र अर्को निर्णय नभएसम्मको लागि स्थगित गर्ने निर्णय गरेको थियो ।

कोरोना भाइरसको प्रभाव नदेखिएका देशमा भने नेपाली विद्यार्थी अध्ययन गर्न जान पाउने छन् । कोरोना भाइरस नदेखिएका देशहरुमा विद्यार्थीले अध्ययन अनुमतिपत्र पाउने शिक्षा मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले सोमबार जारी गरेकोे निर्णय अनुसार कोरोना भाइरसको प्रभाव देखिएका चीन, जापान, दक्षिण कोरिया, सिंगापुर, इटली, इरानलगायतका देशमा वैदेशिक अध्ययन अनुमति पत्र जारी नगर्ने निर्णय भएको हो ।

‘विश्व स्वास्थ्य संगठनले अध्यावधिक गरेको प्रतिवेदनको आधारमा कोरोना भाइरसको प्रभाव कम देखिएका देशमा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीलाई साविक बमोजिम नै अनुमति पत्र दिने काम जारी रहेको छ,’ मन्त्रालयले जानकारी दिएको छ ।

अष्ट्रेलिया,अमेरिका, बेलायत लगायतका देशमा पढ्न जान चाहने विद्यार्थीका हकमा अनुमति पत्र रोकिएको छैन । कोरोना भाइरस देखिएका देशमा भएका नेपाली विद्यार्थीलाई भने के गर्ने भन्ने विषयमा कुनै निर्णय भएको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.