चीनबाट उद्धार गरी ल्याइएका कसैमा देखिएन कोरोना, आजै घर फर्काइँदै

  २०७६ फागुन १९ गते १५:४८     विकासन्युज

काठमाडौं । चीनको वुहानबाट उद्धार गरी नेपाल ल्याइएका १ सय ७५ जनामा कोरोना भाइरस नेगेटिभ देखिएको छ।उक्त जाँचमा समेत नेगेटिभ देखिएपछि उनीहरुलाई क्वारेन्टाइन मुक्त गर्न लागिएको स्वास्थ्यमन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए । ‘मैले भर्खरै रिपोर्ट पाँए । सबैको नेगेटिभ छ,’ उनले भने ।

रिपोर्ट नेगेटिभ आएपछि स्वास्थ्य राज्यमन्त्री नवराज रावत, प्रमुख विशेषज्ञ डा दीपेन्द्ररमण सिंह, डा रोशन पोखरेल, प्रयोगशालाकी निर्देशक डा रुना झा लगायतको टोली अहिले खरिपाटी पुगेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

क्वारेन्टाइनमा ल्याइएका उनीहरुको चीनबाट नेपाल आएको दिन पहिलो पटक नमुना परीक्षण गरिएको थियो। उक्त परीक्षणमा पनि उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको थियो।

यसअघि उनीहरुलाई लिन गएको चालकदलका सदस्यहरु रिपोर्ट नेगेटिभ आएपछि हिजो नै क्वारेन्टाइन मुक्त भएका थिए ।  खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका उनीहरुको १४ दिन पछि दोस्रोपटक जाँच गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.