बिमानद्वारा दुई दिने वर्कशप सम्पन्न (फाेटाेफिचर सहित)

  २०७६ फागुन १८ गते २३:४०     विकासन्युज

काठमाडौं । ब्याचलर अफ इन्फर्मेसन म्यानेजमेन्ट एशोसियसन अफ नेपाल(बिमान)ले दुई दिने ‘बिमान डीडब्लुएन वर्कशप २०२०’ सम्पन्न गरेकाे छ । संस्थाले गत फागुन १६ र १७ गते काठमाडौंको मिनभवन स्थित शुभलक्ष्मी भवनमा उक्त वर्कशपकाे आयोजना गरी सम्पन्न गरेकाे हाे ।

उक्त वर्कशपमा वोर्डप्रेस, नेटवोर्किङ् तथा डिजिटल मार्केटिङसम्बन्धि प्रशिक्षण दिइएको  थियो । हाल काठमाडौंमा ब्याचलर अफ इन्फर्मेसन म्यानेजमेन्ट(बिआईएम) पढ्दै गरेकालाई नै विषेश लक्षित गरी सञ्चालन गरिएको यो कार्यक्रममा सम्बन्धित विषयका प्रतिष्ठित शिक्षकहरुद्वारा प्रशिक्षण दिइएको थियो । जसमा बिआईएम पढ्दै गरेका करिब ५० जना(दुई दिनमा) विद्यार्थीहरु सहभागि भएका थिए ।

कार्यक्रमको समिक्षा गर्दै बिमानका अध्यक्ष सुरज भट्टराई-असराजले भने-‘बिमानको पहिलो कार्यक्रम सफल रहेको भन्नेमा पूर्ण विश्वस्त छु । जहाँसम्म उपस्थित विद्यार्थीहरुहरूले पनि आफ्नो कोर्षसँगसँगै आइटी क्षेत्रमा विशेष मानिएको वोर्डप्रेस, डिजिटल मार्केिटङ र नेटवोर्किङ् बारे जान्न र बुझ्न पाउनु भएको छ । साथै, आगामी दिनमा पनि अझै राम्रा खालको कार्यक्रम गर्ने छौं र गर्न आतुर पनि छौं ।’

त्यस्तै, बिमानका महासचिव सुमन पौडेलले समग्रमा कार्यक्रम सोचेको जस्तै भएको बताएका छन् । जसले बिमान टीमलाई अन्य कार्यक्रमहरू गर्न थप हौसला पुगेको र यस्तै सबैको साथ सहयोगले आगामी दिनमा यो भन्दा राम्रा राम्रा कार्यक्रमहरू आयोजना गर्दै उनले बताए ।

कार्यक्रमको मूख्य प्रायोजकमा सिद्धार्थ बैंक रहेको थियो । त्यस्तै, भेन्यू पार्टनरमा मेजेस्टी फाउन्डेशन र मिडिया पार्टनरमा अनलाईन आर्थिक समाचार पोर्टल विकासन्युज डटकम रहेको थियो ।


सम्बन्धित समाचारः

बिमानले काठमाडौंमा दुई दिने वर्कशप गर्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.