जीवन बीमा कम्पनीले आर्जन गरे ५४ अर्ब रुपैयाँ बीमा शुल्क, कसले कति कमाए ?

  २०७६ फागुन १८ गते १७:३५     नबिन पाेखरेल

काठमाडौं । जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको माघ महिना सम्ममा ५४ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । १९ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघसम्म सो रकम आर्जन गरेका हुन् ।

उक्त बीमाशुल्क मध्ये जीवन बीमा कम्पनीले प्रथम बीमा शुल्कतर्फ १७ अर्ब ९० करोड रुपैयाँ र नविकरण बीमा शुल्कतर्फ ३५ अर्ब ६१ करोड रुपैयाँ आर्जन गरेका छन् ।

बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमा शुल्कतर्फ १ अर्ब ४४ करोड रुपैयाँ आर्जन गरेका छन् । कम्पनीहरुले माघ महिनासम्ममा ७४ लाख ७८ हजार ८ सय ८४ बीमालेख जारी गरेका छन् । सो मध्ये वैदेशिक रोजगारमार्फत जारी भएको बीमालेखको संख्या ८ लाख ५३ हजार ३७ रहेको छ ।

जीवन बीमा कम्पनीतर्फ सबैभन्दा बढी बीमा शुल्क नेपाल लाइफ इन्स्याेरेन्सले १६ अर्ब १२ करोड रुपैयाँ आर्जन गरेको छ । यस्तै, एलआइसी नेपालले ८ अर्ब ८४ करोड रुपैयाँ र बीमा संस्थानले ६ अर्ब रुपैयाँ आर्जन गरेको देखिएको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पछिल्लो समय बीमाबाट पाइने रिटर्नमा धेरै जना आकर्षित भएको बताए । बीमाका फाईदा बारे बुझ्नेको संख्या बढ्दो क्रममा रहेको उनको भनाइ छ ।

जीवन बीमातर्फ अभिकर्ताहरुले बीमा चेतना बढाउन मद्धत गर्दे आएका कारण बीमाशुल्क संकलनमा हुने गरेका पुराना केही समस्याहरु घट्दै गएका छन् ।

बीमा कम्पनीहरु एक अर्काको प्रतिस्पर्धी बन्दै गएको अवस्था छ, हामीले नियामक निकाय (बीमा समिति) का तर्फबाट बीमा चेतना बढाउन काम गर्दै आएका छौँ’,त्यसले पनि पछिल्लो समय कम्पनीहरुले राम्रै रकम आर्जन गर्दै आएका छन्,’ उनले भने ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.