सिटिजन्स लाइफ इन्स्योरेन्सले गर्यो ‘आर्ट अफ सक्सेज’ कार्यक्रम

  २०७६ फागुन १८ गते १६:५०     विकासन्युज

काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्सले ‘आर्ट अफ सक्सेज’ कार्यक्रम सम्पन्न गरेको छ । शनिबार आयोजित उक्त कार्यक्रम बसुन्धरा बैंक्वेटमा सम्पन्न भएको हो ।

कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र प्रमुख बजार व्यवस्थापन अधिकृत कवि फूयालले उद्घाटन गरेका हुन् ।

सिटिजन लिडरहरुको क्षमता अभिवृद्दि गर्ने, उत्प्रेरणा जगाउने तथा ग्राहकहरु माझ सेवालाई स्तरिय बनाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको उक्त कार्यक्रममा ४ सय भन्दा बढी सक्रिय सिटिजन लिडरहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा प्रशिक्षक डा. मदनराज विष्टले भावनात्मक मानव सम्बन्ध, अन्तर मनद्वारा योजनाको नेतृत्व, लिडर र म्यानेजरमा हूने पर्ने गुणहरु बारे प्रकाश पारेका थिए । व्यक्तिगत तथा व्यवसायिक रुपमा लाभमय क्रियाकलापको कारण लिडरहरुको बेजोड संलग्नता थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.