प्रचण्डमाथि जुत्ता प्रहार

  २०७६ फागुन १८ गते १६:३२     विकासन्युज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै काठमाडौंस्थित राष्ट्रियसभागृहमा जुत्ता प्रहार भएको छ ।

भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले आयोजना गरेको प्रथम स्मृति सभाको कार्यक्रम सम्बोधन गरिरहेका प्रचण्डलाई लक्षित गर्दै जुत्ता प्रहार भएको हो । जुत्ता प्रहार गर्दा उनलाई लागेको थिएन ।

प्रचण्डले कार्यक्रमलाई सम्बोधन गरिरहेको भिडिओ उनको सचिवालयले फेसबुकमा लाइभ गरिरहेको थियो । प्रचण्डले आफ्ना कुरा राखेर पोडियमबाट फर्कंदै गर्दा उनलाई लक्षित गर्दै जुत्ता प्रहार भएको हो ।

दर्शक बस्ने ठाउँबाट जुत्ता प्रहार भएपछि मञ्चमा रहेका सुरक्षाकर्मीले ती व्यक्तिलाई पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.