महोत्तरीको विद्यालयलाई सिटिजन्स बैंकको आर्थिक सहयोग

  २०७६ फागुन १८ गते १६:२८     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले महोत्तरीको औरही नगरपालिका —१ स्थित श्री जनता आधारभूत विद्यालयलाई ७० हजारको आर्थिक सहयोग प्रदान गरेको छ । विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमका बीच उक्त सहयोग रकम हस्तान्तरण गरिएकाे हाे ।

यस विद्यालयले स्थापनाकाल देखिनै त्यस क्षेत्रभित्रका विशेषत जनजाती, दलित बाहुल्यता रहेको समुदायका बालबालिकाहरुलाइ ज्ञानको ज्योति छर्दै आएको छ । सामाजिक, आर्थिक रूपले विपन्न गरिब तथा दलित बालबालिकाहरुको पठन पाठनमा सहज होस भन्ने उद्देश्यका साथ विद्यालयले उक्त सहयोग रकमबाट विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्रीको खरिद गरि वितरण गरिएको छ ।

नेपाल सरकारले अवलम्बन गरेको ’सुखी नेपाली र सम्बृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले व्यक्त गरेको छ । यस सहयोगले सामाजिक अपहेलना र तिरस्कार भोगेर जीवनयापन गरिरहेका जनजाती, दलित र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुको मनोवल थप उच्च हुने कुरा विद्यालयले जनाएको छ ।
अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेशिन मार्फत सामान वा सुविधा खरिद गर्दा २०% सम्म क्यास ब्याक (नगद फिर्ता) हुने योजना सञ्चालनमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.