श्रममन्त्री यादवले जलविद्युत तथा पर्यटन क्षेत्रमा लगानी गर्न मौरिससलाई गरे अनुरोध

  २०७६ फागुन १८ गते १४:१४     विकासन्युज

काठमाडौं । श्रम¸रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव तथा संयुक्त कार्य समूहको प्रतिनिधिमण्डल मौरिसस भ्रमण गरेका थिए ।
मौरिसस भ्रमणका क्रममा मन्त्री यादवले नेपालको प्राथमिकता प्राप्त पूर्वाधार क्षेत्र, जलविद्युत तथा पर्यटन लगायतका क्षेत्रमा मौरिससवाट लगानीको लागि अनुराेध गरेका हुन् ।

मौरिससका प्रधानमन्त्री महामहिम जुगनाउथदले नेपालले अन्तराष्ट्रिय स्तरको सम्वाद आयोजना गर्न लागेकोमा खुशी व्यक्त गर्दै मौरिससको तर्फबाट सहभागिता रहने आश्वासन दिए ।
मौरिससका प्रधानमन्त्री महामहिम प्रविन्दकुमार जुगनाउथसंग पोर्टलुइस स्थित प्रधानमन्त्री कार्यालयमा शिष्टाचार भेट गरेका छन् । भेटका अवसरमा गत जुन २०१९ मा सम्पन्न श्रम समझदारीको कार्यान्वयन लगायत दुई देश वीच आपसी हितका विविध विषयमा कुराकानी भएको थियो ।

सो अवसरमा आगामी अप्रीलमा नेपालले आयोजना गर्ने सगरमाथा सम्वादमा प्रधानमन्त्री केपी शर्मा ‍ओलीले महामहिम प्रधानमन्त्री जुगनाउथलाई गरेको निमन्त्रणा स्मरण गराउदै यस बर्ष ‘जलवायु परिवर्तन शीर्षकमा सम्वाद हुने जानकारी दिएको छ ।

मन्त्री राय यादव र मौरिससका कृषि, उद्योग तथा खाद्य सुरक्षा मन्त्री महामहिम महेन् कुमार सिरुतनसँग भएको कुराकानीमा मौरिससको कृषि क्षेत्रमा नेपाली कामदारहरुको लागि रोजगारीको सम्भावनाका बारेमा बताए । नेपाली प्रतिनिधिमण्डललाई मौरिसस पक्षले त्यहाँ स्थापिकानेसनल एसेम्वलीको सभा सत्र्चालनको प्रत्यक्ष अवलोकन गराएको थियो ।

मानव श्रोत विकास तथा तालीम मन्त्री महामहिम सुदेश सत्कम कालिचरनसंग गत जुनमा सम्पन्न भएको श्रम समझदारीको प्रभावकारी कार्यान्वयका लागि दुवै पक्षवाट निरन्तर सहकार्य गर्दै जाने वषियमा छलफल भयो । उक्त अवसरमा सम्झौता अनुरुपको मर्यादित कामदार भर्नासंग सम्वन्धित सबै प्रकियाहरुका बिषयमा तथा सोसंग सम्वन्धित लागतहरुको बिषयमा समेत विस्तृत छलफल भयो ।

मौरिससस्थित रोजगारदाताहरुको संगठनका प्रमुख तथा प्रतिनिधिहरुसंग विदेशी कामदारको माग रहेका पूर्वाधार, होटल¸ उत्पादन¸ सुरक्षा¸ सेवा लगायतका क्षेत्रहरुका बारेमा विस्तृत छलफल भयो । सो अवसरमा मौरिसस पक्षले नेपाली कामदार पठाउँदा मर्यादित कामदार भर्ना प्रकृया अपनाउन जोड दिएको थियो ।

मन्त्री शयादव मौरिशसका श्रम¸ मानव श्रोत विकास तथा तालीम मन्त्री महामहिम सुदेश सत्कम कालिचरनको निमन्त्रणामा मौरिशसको औपचारिक भ्रमण रहेके थयार र मन्त्री यादवसंगै मन्त्रालयका सचिव विनोद के सी नेत्तृत्वमा पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डल संयुक्त कार्य समूहको वैठकमा सहभागि रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.