महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालले उम्मेदवारी घोषणामा कसकसले गरे समर्थन ? फाेटाेफिचर

  २०७६ फागुन १७ गते १५:१८     विकासन्युज

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरेका छन् । ढकालले गत बुधवार एक औपचारीक कार्यक्रम मार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

काठमाडौंको होटल याक एन्ड यतीमा भएको उक्त उम्मेदवारी घोषणा कार्यक्रममा ६३ जिल्ला उद्याेग वाणिज्य संघले ढकाललाइ समर्थन गरेका छन् ।

कार्यक्रममा महासंघकाे पूर्व अध्यक्ष सुरज बैद्य, चण्डिराज ढकाल, विभिन्न प्रदेश तथा जिल्ला नगर उद्याेग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारी, बस्तुगत संघकाे अध्यक्ष तथा पदाधिकारी, एशाेसिएट सदस्यहरूकाे सहभागिता थियाे ।

 
चन्द्रप्रसाद ढकालको व्यक्तिगत तथा व्यवसायीक जिवनका कथाहरु पर्दामा देखाईदै

उम्मेदवारी घोषणा अघि चिनी उत्पादक संघका अध्यक्ष एवं होटल व्यवसायी शशिकान्त अग्रवालका साथ भलाकुसारी गदै चन्द्रप्रसाद ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ चन्द्रप्रसाद ढकाललाई फूल मालाद्धारा स्वागत गदै पहिला अंकमाल गरेर बधाइ दिँदै पछि ।

आफ्नो उम्मेदवारी घोषणा गर्दै चन्द्रप्रसाद ढकाल ।

उम्मेदवारी घोषणा पस्चात बधाई दिदै नेपाली चलचित्र क्षेत्रकी वरिष्ठ नाइका तथा निर्मात्री दिपाश्री निरौला

उम्मेदवारी घोषणा पश्चात शुभकामना सन्देश दिदै प्रदेश ३ तीनकाे अध्यक्ष दिनेश श्रेष्ठ ।

कार्यक्रममा सहभागी नेपाल उद्याेग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज बैद्य र पूर्व उपाध्यक्ष कृष्णप्रसाद ताम्राकार

उम्मेदवारी घोषणा कार्यक्रममा उपस्थित विशिष्ट व्यक्ति हरु , महासंघका पूर्व तथा वर्तमान पधादिकारी , व्यवसायी तथा पत्रकारहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.